शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर  कोरियापछि अब डोनल्ड ट्रम्पलाई इरानको चुनौती, नयाँ मिसाइल परिक्षण

शनिबार, ०७ असोज २०७४, १४ : ११
शनिबार, ०७ असोज २०७४

इरानले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै मध्यम दुरीको एक नयाँ मिसाइलको सफल परिक्षण गरेको छ । उक्त मिसाइल २ हजार किलोमिटरको दुरी तय गर्न सक्षम छ । सरकारी टेलिभिजनमा मिसाइल परिक्षणको तस्बिर देखाइएको छ ।

उक्त मिसाइलको प्रदर्शन पहिलो पटक शुक्रबार सैन्य परेडको क्रममा गरिएको थियो । प्रसारकले परिक्षणको कुनै मिति तोकेको छैन तर अधिकारीले शुक्रबनर यसको चाँडै नै परिक्षण गरिने बताएका थिए ।

यसअघि इरानका राष्ट्रपति हसन रुहानीले शुक्रबार उनको देश अमेरिका र फ्रान्सको आलोचनाका बावजुद आफ्नो ब्यालेस्टिक क्षमतालाई बढाउनेछ । यसका साथै सन् १९८०–१९८८ को इरानको विनाशकारी युद्ध सुरु भएको वार्षीकीमा आफ्नो भाषणमा रुहानीले भने, ‘चाहे तपाईं रुचाउनुस् वा नरुचाउनुस् । हामी आफ्नो सैन्य क्षमतालाई बलियो बनाउँदैछौं जुन सुरक्षाका लागि आवश्यक छ ।’

रुहानीले भने, ‘हामीले आफ्नो मिसाइल क्षमतालाई बलियो बनाउनुका साथै हवाई, जमिनी र समुन्द्रि बललाई पनि बलियो बनाउनेछौं । जब आफ्नो देशको सुरक्षाको कुरा आउँछ तब हामीले कसैसँग पनि अनुमती लिन आवश्यक छैन ।’

स्मरण रहोस्, इरान र विश्वका ठूला शक्तिबिच सन् २०१५ को परमाणु सम्झौतामा डोनल्ड ट्रम्प प्रशासनको आलोचना अब इरानको मिसाइल कार्यक्रममा केन्द्रित भएको छ । यसमा इरानले सम्झौताको शर्त अनुसार मिसाइल पूर्ण रुपमा वैध भएको बताएको छ ।

यता अमेरिकाले भने इरानले सम्झौताको भावना उल्लंघन गरेको भन्दै यसको खण्डन गरेको छ । अमेरिकाको भनाइलाई फ्रान्सले समर्थन गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले उक्त सम्झौतालाई मिसाइल परिक्षणमाथि प्रतिबन्धसम्म बिस्तार गरिनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप