बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापालाई अर्को झड्का ! कोमल वली एमाले प्रवेशको तयारीमा ?

शनिबार, ०७ असोज २०७४, १४ : ४५
शनिबार, ०७ असोज २०७४

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा छिन् । 
दाङकी  उनी एमाले सचिव शंकर पोखरेलमार्फत कुराकानी चलाएर एमाले प्रवेशमा जुटेकी हुन् । 
 यसअघि पशुपति शमशेर राणाले पार्टी फुटाएसँगै चर्चित नायिका रेखा थापाले पनि  राप्रपा छाडेकी थिइन् ।  थापा अहिले राणाको पार्टीमा आबद्ध छिन् । 
ओलीले अहिले चुनाव लड्नका लागि टिकटको फिक्स  गराएर एमाले प्रवेशमा जुटेको बताइएको छ । 
गत वर्षको मंसिर ६ गते कमल थापाको हातबाट टिका लगाएर वली राप्रपामा प्रवेश गरेकी थिइन् भने सोलगत्तै उनले रेडियो नेपालको जागिर पनि त्यागेकी थिइन् । 
वलीलाई यसविषयमा बुझ्न सम्पर्क गर्दा भने सम्पर्कमा अाइनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप