बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहतमा १८ मध्ये १६ स्थानीय तहको गणना : ८ स्थानमा कांग्रेस विजयी (सूचि)

शनिबार, ०७ असोज २०७४, १४ : ५८
शनिबार, ०७ असोज २०७४

रौतहटमा १८ स्थानीय तहमध्ये १६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा धेरै ८ स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले २, राष्ट्रिय जनता पार्टीले २ र फोरम लोकतान्त्रिकले १ स्थानमा विजय हासिल गरेको छ ।
ईशनाथ नगरपालिका 
यो नगरपालिकामा विजयकुमार गच्छेदारको नेतृत्वको फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका थिए । नगरप्रमुखमा विजयी भएका सन्तोषकुमार मेहताले ५,७८५ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा विजयी हुसनी आराले ५,२३६ मत ल्याएकी छिन् । 
चन्द्रपुर नगरपालिका 
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी निर्वाचति भएका छन् । उनले ९,७८० मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी रामरती चौधरीले ९,९१६ मत ल्याएर विजयी भएकी छिन् । 
गौर नगरपालिका
गौर नगरपालिका प्रमुख र उपप्रमुखमा राजपामा उम्मेदवार विजयी भएका छन् । प्रमुखमा अजयकुमार गुप्ता र उपप्रमुखमा किरणकुमारी विजयी भएकी छिन् । 
दुर्गाभगवती गाँउपालिका 
यो गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका अरुणकुमार साह बिजयी भएका छन् भने उपाध्यक्षमा पनि सोही पार्टीबाट मञ्जुदेवी निर्वाचित भएकी छिन् । 
देवाही गोनाही नगरपालिका   
यो नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका धर्मेन्द्र पटेल विजयी भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रबाट कोशिल्यादेवी यादव विजयी भएकी छिन् । 
पहोरा नगरपालिका
यो नगरपालिकाका प्रमुख तथा उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । प्रमुखमा शेख वकिल ६,४०० मत ल्याएर विजयी भए भने उपप्रमुखमा सुगन्धी गिरी ५,९२० मत ल्याएर बिजयी भएकी छिन् । 
फतुवा विजयपुर नगरपालिका 
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका गोपाल राय यादव विजयी भएका छन् । यस्तै उपप्रमुखमा कान्ती देवी विजयी भएकी छिन् । 
माधव नारायण नगरपालिका 
यो नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका वीरेन्द्र प्रसाद यादव विजयी भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रबाट सीमलकुमारी साह विजयी भएकी छिन् । 
मौलापुर नगरपालिका 
यो नगरपालिका प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छिन् । शहरी विकास मन्त्रीकी श्रीमती समेत रहेकी रिनाकुमारीले ३,९१३ मत ल्याएकी छिन् । यस्तै उपप्रमुखमा गौरीशंकर प्रसाद विजयी भएका छन्, उनले ३, ८८९ मत ल्याएका छन् । 
यमुमाई गाँउपालिका 
यो गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रका श्रीप्रसाद मुखिया विन विजयी भएका छन् । उनले २,१७९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि सोही दलबाट विजयी भएकी  गीतादेवी साहले २, ५१४ मत ल्याएकी छिन् । 
बौधीमाई नगरपालिका 
यो नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा संघीय समाजवादी फोरमका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा विजयी राजीव रंजन यादवले २ हजार ९ सय ७२ मत ल्याएका छन् भने उपप्रमुख प्रेमलता कुशवाहाले २,६०७ मत ल्याएकी छिन् । 
राजदेवी नगरपालिका
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका धिरेन्द्रकुमार सिंह निर्वाचित भएका छन् भने उपप्रमुखमा संघीय समाजवादी फोरमका उम्मेदवार अंशु सिंह विजयी भएकी छिन् । 
राजपुर नगरपालिका 
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहम्मद सकिल अख्तर प्रमुखमा र उपप्रमुखमा सोही पार्टीबाट जफिरा खातुन विजयी भएकी छिन् । 
गढीमाई नगरपालिका 
यो नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा श्यामप्रसाद यादवले ५,४५७ मत ल्याएर विजय हासिल गरेका हुन् । यस्तै उपप्रमुखमा सोही दलबाट समुद्रा गुप्ताले ५,५४१ मत ल्याएकी छिन् । 
बृन्दाबन नगरपालिका 
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामस्नेही राय यादव विजयी भएका छन् भने उपप्रमुखमा पनि सोही दलबाट नुर जहान बिजयी भएकी छिन् । 
गजुरा नगरपालिका 
यो नगरपालिका प्रमुखमा राजपाका सन्तलाल प्रसाद चौधरी विजयी भएका छन् । उपप्रमुखमा पनि सोही पार्टीबाट रौसन खातुन शेख विजयी भएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप