शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह मण्डपले सजिएको  घर एकाएक शोकमग्न बन्यो

शनिबार, ०७ असोज २०७४, १५ : ०८
शनिबार, ०७ असोज २०७४

गुल्मी –हिजो मात्रै छोराका लागि  केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।
   ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये असोज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिम तयारीका लागि भ्याई नभ्याई थियो ।  बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डारी दम्पत्ती  सुनौली जाँदै थिए । विहानै घरबाट विहेकै तयारीबारे श्रीमति राधिका संग कुराकानी गर्दै ति दम्पत्री शिद्धवाव सम्म आएका थिए ।
 
    २४ वर्षिय छोराको विहे त्यो घरमा पहिलो भएकोले पनि  धुमधामका साथ गर्ने तयारी थियो । उनका छिमेकी तारा राना भन्छन्–‘ हिजो मात्रै तिलकराम दाईले मलाई फोन गरेर खैरेनीतिर केटी माग्न जाँदैछु कुरा मिल्यो भने पर्सी लगन निस्केको छ रमाईलो गरौला है भाई भनेर भन्नु भएको थियो । उहाँको बाजै बजाएर छोराको विहे गर्ने रहर थियो । नभन्दै केटी दिए छन् र पर्सी विहे गर्ने भएर आज विहान उनिहरु सुनौली कपडा किन्न गएका हुन् । ’
   अर्का मृतक वलेटक्सारका २४ वर्षिय यमबहादुर ज्ञवाली भण्डारी परिवारको विहेको व्यवस्थापन  सघाउन गाडी लिएर गएका थिए । 
  मृतक दुवै जना रुरु गाउँपालिकावासी भएकोले त्यहाँका वासीन्दा शोकाकुल भएका छन् । घर आँगन सजाउन घरमा छोरा छोरीलाई अराउँदै हिडेका भण्डारी दम्पत्तीको मनमस्तीस्कमा छोराको विहे नै थियो ।
 
 यस अघि पनि थुप्रैको आलो सपना चुँडेको वुटवल तानसेन सडकले शिद्धवाव सम्म सजाउँदै आएको भण्डारी दम्पत्तीको सपना पनि चटक्कै चुडी दियो । मृतक भण्डारी  आफु यो संसारबाट विदा भने श्रीमती  राधिका घाइते भएकी छन् ।
    उनको  लुम्विनी अञ्चल अस्पातलमा उपचार भइरहेको छिमेकीले बताएका छन्  ।
सोही पहिरोले भण्डारी र ज्ञवाली संगै पाल्पाबाट सवार ना ३ ख ६१९२ नम्बरको ट्रक चालक पाल्पा तिनाउ गाउँपालिकाका माधव रानाको पनि मृत्यु भएको छ । 
   २ जना सामान्य घाईते भएका छन, उनिहरुको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा बाग्लुङ्ग लगाएतका स्थानमा जाने र बिभिन्न स्थानबाट बुटवल आउने सयौं सवारी साधन रोकिएका छन् ।
  चाडवाड मनाउने क्रममा बडा दशैंको अवसरका घर फर्कनेहरुको भिड भएकाले हजारौं यात्रु पनि अलपत्र अवस्थामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप