शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिका ९ विद्यार्थी पक्राउ

शनिबार, ०७ असोज २०७४, १६ : ०८
शनिबार, ०७ असोज २०७४

पोखरा–नयाँ शक्ति विद्यार्थी युनियनले शिक्षा मन्त्री गोपालमा श्रेष्ठको विरोध गर्दै प्रदर्शन गरेपछि सो युनियनका नौजना विद्यार्थी पक्राउ परेका छन् । 

शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न माग गर्दै  शिक्षामन्त्रीको अगाडि व्यानर प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता सरोज गौतमले जानकारी गराए ।
पक्राउ पर्नेमा महासचिव नेत्र चपागाँई, सचिवहरु रेशम सापकोटा र विकल पौडेल, क्षेत्र नं. ४ का अध्यक्ष सुनिल पौडेल, सगिंता लामिछाने, शिव लामिछाने लगायतका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गैरापाटनमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप