शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादीले नजिते मुलुक गम्भीर दुर्घटनामाः प्रचण्ड

शनिबार, ०७ असोज २०७४, १६ : २८
शनिबार, ०७ असोज २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दावी गरे । 
 काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र तराईलाई एकतावद्ध गराउन पनि माओवादीले जित्नै पर्ने अवस्था रहेको पनि उल्लेख गरे । 
 त्यस अवसरमा अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे । 

अध्यक्ष दाहालले प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा रहेको पुष्टि भएको दावी पनि गरे । उनले  प्रगतिशील राष्ट्रवादी शक्ति माओवादी भएको भन्ने सन्देश प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनले दिएको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप