काठमाडौँ काँग्रेसबाट बाढीपीडितलाई साढे पाँच लाख सहयोग
काठमाडौँ-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताअनुरुप चल्नु पर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा नेता सिंहले पार्टी विधिसम्मत र नियमसम्मत तरिकाले चल्न नसकेको भन्दै गुनासो गर्नु भयो ।
पार्टीलाई सुधार गर्नका लागि व्यक्ति भन्दा पनि पार्टीको मूल्य मान्यता र आदर्शलाई अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ थियो । ।
काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले यो मेरो वा यो तेरो मान्छे भन्दा पनि काँग्रेसको मान्छे बनेर निर्वाचनमा गए मात्र काँग्रेसले जित हासिल गर्नसक्ने बताउनुभयो ।
निर्वाचनमा पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्न र जिताउन आम नेता तथा कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले काँग्रेसले गरेका राम्रा काम आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताउनुभयो ।
नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा तथा क्षेत्रले राम्रो उम्मेदवारलाई छनोट गरी जिल्ला शाखामा पठाउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तराईमा आएको बाढीका पीडितलाई सहयोग गर्नका लागि काठमाडौँ काँग्रेसले उठाएको रु पाँच लाख ५५ हजार ५५५ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान