शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीका १३ स्थानीय तहको मतगणना सकिँदा कहाँ कसले बाजी मारे ?

शनिबार, ०७ असोज २०७४, १७ : ०४
शनिबार, ०७ असोज २०७४

बर्दिबास– महोत्तरीका १५ स्थानीय तहमध्ये १३ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । ५ स्थानीय तहमा राजपा निर्वाचित भएको छ भने माओवादी केन्द्रले ४ स्थानमा विजय निकालेको छ । यस्तै नेपाली कांग्रेसले ३ स्थानमा र संघीय समाजवादी फोरमले १ स्थानमा जितेको छ । 
राजपाले विजय हासिल गरेका स्थानीय तहः 
एकडारा गाँउपालिका 
यो गाँउपालिका अध्यक्ष रामछविला साहले २,३१८ मत ल्याएका छन भने उपाध्यक्ष महजवी खातुनले २,२५२ मत ल्याएकी छिन् । 
मटिहानी नगरपालिका  
यो नगरपालिका प्रमुखमा हरिप्रसाद मण्डलले ३,४०३ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा शिवोदेवी साहले ३,१७० मत ल्याएकी छिन् । 
जलेश्वर नगरपालिका  
यो नगरपालिका प्रमुखमा रामशंकर मिश्रले ५,१८० मत ल्याएका छन् भने उपप्रमुखमा मुन्चुन देवीले ४,५६६ मत ल्याएकी छिन् । 
बलवा नगरपालिका
यो नगरपालिका उपप्रमुखमा राजपाबाट ३,८३६ मत ल्याएर रितादेवी झा निर्वाचित भएकी छिन् । 
भंगाहा नगरपालिका 
यो नगरपालिका प्रमुखमा ४,४७८ मत ल्याएर संजीव कुमार साह निर्वाचित भएका छन्, यस्तै उपप्रमुखमा ४,३९६ मत ल्याएर गंगाकुमारी सिंह दनुवार विजयी भएकी छिन् । 
महोत्तरी गाँउपालिका
यो गाँउपालिका अध्यक्षमा २,७५१ मत ल्याएर सुनिल कुमार राय विजयी भएका छन् । यस्तै २,६१९ मत ल्याएर सीतादेवी साह उपाध्यक्षमा निर्वाचित भएकी छिन् । 
माओवादी केन्द्र विजयी भएका स्थानीय तह
गौशाला नगरपालिका  
यो नगरपालिका प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो ५,९४४ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा आशा लामाले ५,९७० मत ल्याएकी छिन् । 
बर्दिवास नगरपालिका   
यो नगरपालिका प्रमुखमा माओवादीका विदुर कुमार कार्की ९,१८७ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै ८,८३५ मत ल्याएर कृष्ण माया गौतम उपप्रमुखमा निर्वाचित भएकी छिन् । 
रामगोपालपुर नगरपालिका 
यो नगरप्रमुखमा अशोक कुमार मण्डल २,९४४ मत ल्याएर विजयी भएका छन् । उपप्रमुख सीता देवी साहले २,८९९ मत ल्याएकी छिन् । 
साम्सी गाँउपालिका 
यो गाँउपालिका अध्यक्षमा २,३३८ मत ल्याएर फारुक शेख र २,२३४ मत ल्याएर उपाध्यक्षमा नागिनदेवी यादव निर्वाचित भएका छन् । 
नेपाली कांग्रेस विजयी भएका स्थानीय तह
लोहरपट्टी नगरपालिका 
यो नगरपालिका प्रमुखमा ४,५२३ मत ल्याएर शैलेन्द्रकुमार यादव विजयी भएका छन् । उपप्रमुखमा ४,५५२ मत ल्याएर सरिता शर्मा विजयी भएकी छिन् । 
औरही नगरपालिका 
सुनिलकुमार यादवले ३,१५९ मत ल्याएर औरही नगरपालिका प्रमुख बनेका छन् । 
बलवा नगरपालिका 
यो नगरपालिका प्रमुखमा विनोदकुमार यादव निर्वाचित भएका छन् । उनले ३,६६१ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा रीतादेवी झाले ३,८३६ मत ल्याएकी छिन् ।
संघीय समाजवादी फोरम विजयी स्थानीय तह
सोनमा गाँउपालिका 
महोत्तरीमा संघीय समाजवादी फोरमले एउटा गाँउपालिका जितेको छ । सोनमा गाँउपालिका अध्यक्षमा ४,१३२ मत ल्याएर रामकुमार यादव विजयी भएका छन् । उपाध्यक्षमा २, ४६८ मत ल्याएर विभादेवी साह विजयी भएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप