मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

शनिबार, ०७ असोज २०७४, १७ : ५०
शनिबार, ०७ असोज २०७४

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ । 

भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ ।” 

प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।” 

“सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं” प्रधानमन्त्री मोदीको भनाई थियो । 

प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा हुनुुहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप