बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

शनिबार, ०७ असोज २०७४, १७ : ५४
शनिबार, ०७ असोज २०७४

गुल्मी– गुल्मीको दुविचौर भँगेरीमा  जीप दुर्घटनामा परी अर्का एक जनाको भृत्यु भएको छ ।

ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको गौंडाकोटवाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जीप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि जीपका चालक इस्मा गाउँपालिका २ निवासी ३४ वर्षीय डम्मर कुवँर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप सडकबाट करिव २ मिटर भन्दा तल खसेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप