बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीले यसरी दिए, अनशन बस्नुपरेको पुष्टि

शनिबार, ०७ असोज २०७४, १८ : १४
शनिबार, ०७ असोज २०७४

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले नेपालको राजनीतिक क्षेत्र भ्रष्टाचारको चपेटामा परेको दावी गरेका छन् ।  वरिष्ठ चिकित्सक केसीले चिकित्सक क्षेत्रमा पनि भ्रष्टाचारको जालो फिँजाउने काम राजनीतिक नेतृत्वले गरेपछि त्यसको विरोधमा आफूले आमरण अनसन बस्न सुरु गरेको पनि स्पष्ट पारे ।

शनिवार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारको रजगज’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुले शिक्षण अस्पताललाई दोहन गरेर खाने प्रवृत्तिले संस्थागत रुप लिएपछि आफूले त्यसको विरोधमा अभियान नै संचालन गर्नु परेको पनि स्मरण गराए । वरिष्ठ चिकित्सक केसीले शान्तिपूर्ण विरोधको माध्यामबाट मुलुकको चिकित्सा क्षेत्रमा देखिएको लुटतन्त्र कम गर्दै लैजान पनि आमरण अनसनको बाटो रोज्नु परेको पनि उल्लेख गरे । 

वरिष्ठ चिकित्सक केसीले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउन देशव्यापी रुपमा अभियान नै संचालन गर्नुपर्नेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप