शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खुदीखोलाको बेलिव्रिज जिर्ण, दुर्घटना जोखिम बढयो

शनिबार, ०७ असोज २०७४, १८ : १७
शनिबार, ०७ असोज २०७४

समुन्द्रा घिमिरे 


बेसीशहर – लमजुङ मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ खुदी खोलामा रहेको बेलिव्रिज जिर्ण हुँदा यातायात सञ्चालनमा समस्या भएको छ । बेसीशहर–चामे सडक सडक खण्ड अन्र्तगत पर्ने खुदीखोलाको बेलिव्रिजको पत्ता खिया लाग्नुको साथै ठाउँ – ठाउँमा प्वाल परेको र गाँसेको पत्ताको नट फुत्किएपछि समस्या भएको हो । पत्ता उक्किने र दुलो पर्ने भएपछि पैदलयात्रुहरु, र बालबालिकाहरु दुर्घटना पर्ने गरेको स्थानीय बताउँछन । 


बेसीशहर–चामे सडक निर्माणको क्रममा नेपाली सेनाले पाँच बर्षअघि सो बेलिव्रिज निर्माण गरेको हो । १९ टन क्षमताको बेलिव्रिजमा क्षमता भन्दा बढीका लोड गाडीहरु आवतजावत हुँदा पुल भत्किएको स्थानीय बताउँछन् । माथिल्लो क्षेत्रमा जलविद्युत आयोजना निर्माणका क्रममा रहेकाले सो पुलबाट बढी क्षमताका गाडीहरु हिड्ने गरेका छन् ।


१९ टन क्षमताको पुलमा ३० टन क्षमताको ठुला ट्रक हिड्ने गरर्दा पनि रोक्न नसक्दा पुल दिनानुदिन जिर्ण बन्दै गएको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बेलिव्रिजको मर्मतका लागि डिभिजन सडक कार्यालय दमौलीलाई अनुरोध गरिएको बताए । 

‘तत्काललाई बढी क्षमताका गाडी हिड्न नदिन स्थानीयबासी र प्रहरीलाई निगरानी गर्न भनेका छौं ।’, अध्यक्ष गुरुङले भने ‘सडक विभागलाई मर्मत तथा क्षमताबृद्धिका लागि पहल गरेका छौं ।’ गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले जलविद्युत आयोजनाका लोड गाडीका लागि छुट्टै पुल बनाउनुपर्ने बताए ।


डिभिजन सडक कार्यालय दमौलीका डिभिजन ईन्जिनियर भानु जोशीले खुदीखोलाको जिर्ण बेलिव्रिज छिट्टै मर्मत गरिने भन्दै ‘स्थानीयस्तरबाट पुल भत्किएको गुनासो आएको बताए । हाम्रो अनुगमनले पनि भत्किएर समस्या भएको देखेका छौं ।’, इन्जिनियर जोशीका अनुशार ‘छिट्टै मर्मतको तयारी गरिने र सो पुलबाट बढी क्षमताका गाडी हिड्न नदिन स्थानियलाई आग्रह समेत गरेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप