कपाल झर्नुका प्रमुख ५ कारण
एजेन्सी – कपालको समस्याले धेरै मानिसलाई सताएको हुन्छ । कोही कपाल झर्ने समस्याले हैरान हुन्छन् भने कोही कपाल पातलो भएका कारण चिन्तित हुन्छन् ।
हरेक व्यक्ति आफ्नो कपाल लामो, बाक्लो, चमकदार र स्वस्थ्य होस् भन्ने चाहाना राख्छन् । तर, कम मात्रै मानिसलाई थाहा हुन्छ कि कपाल आफ्नै कारणले कपालमा विभिन्न समस्याहरु आउँछन् ।
स्वस्थ्यकर खानाका साथसाथै कपालको राम्रो हेरचाह पनि आवश्यक हुन्छ । त्यसैले कपाललाई आफूले चाहेजस्तै राम्रो बनाउन यस्ता गल्तीहरु गर्नबाट बच्नुस् ।
१. कपाललाई फोहोर हुन दिनुहुँदैन
छाला विशेषज्ञका अनुसार कपालमा चिल्लो पदार्थ निस्किनेवित्तिकै धुनुपर्छ । टाउकोको छाला सफा राख्दा कपालमा चाँया पनि नपर्ने र कपाल बढ्ने गर्छ । कपाललाई हप्तामा दुईपटक हल्का श्याम्पुको प्रयोग गरेर धुने गर्नुपर्छ । धेरै स्याम्पुको प्रयोग गर्दा पनि कपाल झर्ने गर्छ । सल्फेट भएको र हानिकारक केमिकल भएको स्याम्पु प्रयोग गर्नुहुँदैन ।
२. तेल लगाउँदा ध्यान राख्नुस्
कपालमा तेल लगाउन अत्यावश्यक छ । तर, सधैँ कपालमा तेल लगाएर राख्दा छालामा हुने छिद्र बन्द हुन्छ र टाउकोको छालाबाट तेल निस्किन्छ । त्यसैले, टाउकोको छालामा भन्दा कपालमा तेल लगाउनुपर्छ ।
३. केमिकलयुक्त प्रोडक्ट प्रयोग नगर्नुस्
कपाललाई स्टाइल दिनका लागि प्रयोग हुने विभिन्न प्रकारका केमिकलयुक्त प्रोडक्टहरु प्रयोग गर्नुहुँदैन । यसले कपाल टुक्रिने समस्या पैदा हुन्छ । हेयर स्टाइल बनाउनका लागि घरमा नै प्याक वा मास्क लगाउनुपर्छ ।
४. रङको प्रयोग नगर्नुस्
कपालमा रङ र ब्लीच गर्नबाट बच्नुस् । नियमित रुपमा यस्तो गर्दा कपाल रुखो हुने र कमजोर बनाउँछ । जसको कारण कपाल पातलो हुन्छ ।
५. चिसो कपाल नकोर्नुस्
हतारमा धेरैले चिसो कपाल कोर्ने गर्छन् । यसले कपाल अत्यधिक झर्ने गर्छ । त्यसैले चिसो कपाललाई औँलाहरुको सहायताले मिलाउनुस् र कपाल सुख्खा भएपछि कोर्ने गर्नुस् ।
६.कपाल सुकाउने मेसिनको प्रयोग नगर्नुस्
कहिले काँही हतारमा कपाल ड्रायरले सुकाउन सही नै हुन्छ तर यसको प्रयोगले कपालमा रुखोपन ल्याउछ । त्यसैले यस्ता मेसिनहरुको प्रयोग गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट