दक्षिण अफ्रिकामा कोरोनाका ७,८८२ नयाँ संक्रमित
आइतबार, २८ मङ्सिर २०७७, १७ : २९
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । योसहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्री ज्वेली एमखिजेले देशमा दोस्रो चरणको कोरोना संक्रमण जारी रहेको बताए । उनले भने, “अहिले देशभर कोरोनाको दोस्रो लहर छ । धेरैवटा राज्यका स्वास्थ्य संस्थाहरुले दबाबको महसुस गरिरहेका छन् ।” –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप