शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनौं यी जनावरहरु

आइतबार, २८ मङ्सिर २०७७, १९ : ३२
आइतबार, २८ मङ्सिर २०७७

सिंह

यो सिंह हो । यो ठूलो खालको जनावरमध्येका एक हो। यसले अरु जनावरहरुको शिकार गर्छ । त्यसरी नै यसले आफ्नो मेरो पेट भर्छ । यसलाई मांसहारी जनावर भनिन्छ ।

यसको चारवटा खु्ट्टा र एउटा पुच्छर हुन्छ । पुच्छरको रंग कलेजी रंगको हुन्छ । सिंहको भाले जातिको टाउको वरिपरि रौंको झुप्पा हुन्छ ।

बाघ

यो बाघ हो । बाघ पनि ठूलो खालको जनावरमा पर्छ । सिंहले जस्तै अरु जनावर मारेर खान्छ । बाघ पनि मांसहारी जनावर हो ।

बाघको चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ । बाघको छालामा सुन्तले रंग र कालो रंगको पट्टी हुन्छ । बाघ निक्कै शक्तिशाली जनावर हो ।

बाँदर

यो बाँदर हो । यो सानो खालको जनावरमा पर्छ । यसले फलफूल, ओखर, बदामहरु खान मन पराउँछ । बाँदर सर्वभक्षी जनावर हो । सर्वभक्षी भनेको फलफूल, मासु दुवै खाने हो ।

बाँदरको दुईटा खुट्टा, दुईटा हात र एउटा पुच्छर हुन्छ । बाँदर मज्जाले रुख चढ्न सक्छ ।

पाण्डा

यो पाण्डा हो । यो पनि ठूलो खालको जनावर नै हो । यसलाई बाँसको कलिलो पात खान अति मनपर्छ । पाण्डा शाकाहारी जनावर हो ।

पाण्डाको चारवटा खुट्टा र एउटा छोटो पुच्छर हुन्छ । यसको रंग कालो र सेतो हुन्छ । बाँसमा मज्जाले चढ्ने पाण्डालाई खान र सुत्न धेरै मनपर्छ ।

कंगारु

यो कंगारु हो । यो पनि ठूलो खालको नै जनावर हो । यसलाई बोटविरुवा, घाँसपात खान मन पर्छ । यो पनि शाकाहारी जनावर हो ।

कंगारुको पछाडि लामो खुट्टा हुन्छ र अगाडि भने अलि छोटो खु्ट्टा । पछाडिको दुईटा खुट्टाको सहयोगमा यो मज्जाले उफ्रन सक्छ ।

गोही

यो गोही हो । यो लामो हुन्छ । यसले मासु खान मन पराउँछ । त्यसैले यो मांसहारी जीव हो ।

गोहीका चारवटा छोटा खुट्टा र एउटा लामो पुच्छर हुन्छ । यसको मुख लाम्चो खालको हुन्छ । यसको मुखभित्र थुप्रै दाँतहरु हुन्छन् । यसको टोकाइ अति शक्तिशाली हुन्छ ।

गोहीले चपाउन सक्दैन । यसले आफ्नो शिकारलाई लुछेर खान्छ ।

जिराफ

यो जिराफ हो । यो अग्लो जनावरमा पर्छ । यसलाई घाँसपात खान मन पर्छ । त्यसैले यो शाकाहारी जनावर हो ।

जिराफको लामो खुट्टा र पुच्छर हुन्छ । स्तनधारी जनावरमा जिराफ सबैभन्दा अग्लो हो । स्तनधारी भनेको बच्चा जन्माउने र दुध खुवाउने जनावर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप