बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किन जनावरहरु लामो यात्रा गर्ने गर्छन् ?

सोमबार, २९ मङ्सिर २०७७, २३ : १७
सोमबार, २९ मङ्सिर २०७७

तपाईं–हामी धेरैले गौँथली देखेका छौँ, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला– यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफैं हराएर जाने गर्छ । किन यो चरा केही समयको लागि मात्र देखिने गर्छ ? अरु बेला यो चरा कहाँ जान्छ त ? तपाईं–हामीमध्ये धेरैको मनमा यो प्रश्न स्वभाविक रुपमा उठ्ने गर्छ ।

वास्तवमा संसारमा यस्ता धेरै प्राणीहरू छन्, जो केही समयको लागि मात्र एक ठाँउमा बस्ने गर्छन् । यिनीहरू एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहेका हुन्छन् । विशेष गरेर यिनीहरू एउटा समूह बनाएर लामो यात्रा गर्ने गर्छन् । कोही खानाको खोजीमा यात्रा गर्ने गर्छन्, कोही जाडोबाट बच्नका लागि यात्रा गर्ने गर्छन् । माछाहरू भने आफ्नो बच्चा जन्माउनका लागि पनि सफा पानीको खोजीमा यात्रा गर्ने गर्छन् ।

एक अध्ययनअनुसार उनीहरू बसिरहेको ठाँउमा दिन कम हुने भएकोले उनीहरू यात्रा गर्ने गर्छन् । विषेश गरेर भूमध्यरेखामा दिन केवल बाह्र घन्टा मात्र हुने भएकोले त्यहाँ बस्ने चराहरू अरु ठाँउमा यात्रा गर्ने गर्छन् । भूमध्यरेखाभन्दा माथि गर्मीको बेला दिनको लम्बाई करिब १४ देखि १६ घन्टासम्म हुने गर्छ ।

अर्को एक अध्ययनका अनुसार ध्रुवीय क्षेत्रमा बस्ने चराहरू भने चिसो मौसममा अत्यन्त जाडो हुने भएकोले न्यानो ठाँउको खोजीमा यात्रा गर्ने गर्छन् । यसरी विभिन्न चराहरूको यात्रा गर्नुको उद्देश्य र कारणहरू फरक फरक हुने गरेको छ ।

जनावरहरू पनि मौसम अनुसार वासस्थान र खानाको खोजीमा बसाइँसराइ गर्ने गर्छन् । त्यसै गरी, माथि पनि भनियो, माछाहरू पनि बसाइँसराइ गर्ने गर्छन् । तर जनावरभन्दा पनि धेरै बसाइसराइ गर्ने जीवमा चाहिँ  चराहरू नै पर्दछन् ।

त्यसरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्दा उनीहरू सँधै एकै बाटोमा यात्रा गर्ने गर्छन् । यात्रा गर्दा यिनीहरूले आफ्नो गन्तव्यको दिशा कसरी पत्ता लगाउँछन् भन्नेबारे धेरै वैज्ञानिक अध्ययनहरू भएका छन् । ती अध्ययनहरूबाट पत्ता लागेअनुसार चराहरू दिनमा सूर्यको मद्दतले बाटो पत्ता लगाउँछन् । रातमा भने ताराको मद्दत लिने गर्छन् । यति मात्र होइन, उनीहरू हावाको बहावको मद्दतले पनि आफ्नो वासस्थान पत्ता लगाउने गर्छन् ।

वैज्ञानिकहरू अझै पनि यसबारे सही र ठोस तथ्य थाहा पाउन विस्तृत रुपमा अध्ययन गरिरहेका छन् ।

त्यसरी लामो यात्रा गर्ने केही प्राणीहरूका बारे केही तथ्य यहाँ प्रस्तुत गरिएकोछ :

उडेर यात्रा गर्ने

जीव – दूरी – यात्रा गर्ने ठाउँ

कुकु – ८,००० माइल  – युरोपदेखि दक्षिण धुव्र

गौँथली  – १४,००० माइल – युरोपदेखि अफ्रिका र एसिया

पुतली – २,००० माइल  – क्यानाडादेखि क्यालिफोर्निया

पौडेर यात्रा गर्ने

जीव – दूरी – यात्रा गर्ने ठाउँ

सालमोन – ४,००० माइल  – उत्तरी युरोप र अमेरिकादेखि आन्ध्र महासागर

इल – ६,००० माइल  – सारगासा समुद्रदेखि युरोप र उत्तर उत्तरी युरोप

व्हेल – ८,००० माइल  – हिन्द महासागरदेखि आन्ध्र महासागर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप