शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोपालको फिल्म ‘लुँयागु तक्मा’ शुभमर्हूत

बिहीबार, ०२ पुस २०७७, ११ : ४२
बिहीबार, ०२ पुस २०७७

काठमाडौं । नेपाली फिल्मका निर्माता तथा बितरक गोपाल काजी कायस्थले नेपाल भाषामा फिल्म ‘लुँयागु तक्मा’ निर्माण गर्ने भएका छन् । 

राजधानीम आयोजित एक कार्यक्रममा फिल्मको शुभ–मुूर्हत गरिएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आयोजित एक कार्यक्रममा लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायतको उपस्थितीमा फिल्मको मुर्हूत गरिएको हो ।

सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेने फिल्ममा रुमन जोशी कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु, रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।

यो फिल्म नेपाल भाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावाको स्वास्थ्य समस्यामा सहयोग गर्ने उद्देश्यले निर्माण गर्न लागिएको निर्माता कायस्थले जानकारी गराएका छन् । मानकृष्ण नै फिल्ममा मुख्य भूमिकामा रहनेछन् ।

यो फिल्मको छायाँकन माघपछि प्रारम्भ हुनेछ । करिव ५० लाख रुपैयाँको बजेटमा फिल्म निर्माण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप