शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२५ स्थानीय तहको नतिजा : कसले कहाँ जीते (सूची)

आइतबार, ०८ असोज २०७४, १६ : ०३
आइतबार, ०८ असोज २०७४

काठमाडौँ । दुई नम्बर प्रदेशमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

१३६ स्थानीय तहमध्ये हालसम्म १२५ वटा स्थानीय तहको अन्तिम नतिजा प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले ३७ वटा स्थानीय तह जितेको छ भने दोस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल र जनता पार्टी नेपालले २३–२३ स्थानीय तह जितेका छन् ।

नेकपा माओवादी केन्द्रले २० स्थानीय जितेको छ भने नेकपा एमालेले १६ स्थानीय तह जितेको छ ।

नेपाल लोकतान्त्रिक फोरमले ३ तथा नेपाल जनता दलले दुई स्थानमा जित हासिल गरेको छ ।

नयाँ शक्तिले एक स्थानमा जीत हासिल गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप