शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अण्डासँगै पालुङ्गो खाँदा तीब्र रुपमा घट्छ तौल, यसरी मिसाएर खाइने पाँच खानेकुरा छ निकै लाभदायी

बिहीबार, ०९ पुस २०७७, ०७ : २७
बिहीबार, ०९ पुस २०७७

तपाईंले थुप्रै पटक सुन्नु भएको वा भोग्नु भएको होला कि तौल घटाउने एउटा लामो प्रक्रिया हो । यसका लागि कुनै सर्टकट छैन । यो पक्कै पनि साँचो हो तर केही सजिला तरिकाले तौल घटाउने प्रक्रियालाई गती दिनसक्छ ।

स्वास्थ्य विज्ञले खानाका केही विशेष सम्मिश्रणले तौल घटाउन निकै मद्दत गर्ने बताउने गरेका छन् । यस्ता खानाले तपाईंको भोक लामो समयसम्म नियन्त्रण गर्नुका साथै शरीरको अतिरिक्त क्यालोरी बर्न पनि गर्छ ।

अण्डा र पालुङ्गोः

अण्डामा उच्च क्वालिटीको प्रोटिन पाइन्छ । यो पौष्टिक आहारको रिसिपी निकै सजिलो र वेट लस फ्रेन्डली छ । यदि तपाईं तौल घटाउने अभियानमा हुनुहुन्छ भने तपाईंले आफ्नो अमलेटमा पालुङ्गो समावेश गर्नुपर्छ । एक अनुसन्धानका अनुसार आइरनले भरपुर पालुङ्गो र अण्डाले तीब्र रुपमा तौल घटाउने काम गर्छ ।

ओट्स र बेरीजः

रास्पबेरी र ब्लूबेरीमा शरीरका लागि फाइदाजनक विभिन्न प्रकारको एन्टि अक्सिडेन्ट्स हुन्छन् । बिहानको खानामा ओट्ससँग यसको सेवनले तीब्र रुपमा तौल घटाउने गर्छ । यो खानाको मिश्रणले तौल घटाउनुका साथै यसका विभिन्न फाइदा पनि छन् ।

स्याउ र पिनट बटरः

स्याउ र पिनट बटरलाई एक क्लासिकल वेट फ्रेन्डली फूड मानिन्छ । पिनट बटरमा मोनोस्याचुरेटेड र पोलिस्याचुरेटेड फ्याट हुन्छ जसले भोकलाई लामो समयसम्म रोकेर राख्छ र इन्सुलिन मेटाबोलिजम पनि दुरुस्त पार्छ । स्याउसँग पिनट बटर खाँदा तपाईंको तौल तीब्र रुपमा कम हुनसक्छ ।

हरियो सागसब्जी, ओलिभ ओयलः

हरिया सागसब्जी र सलादले भोकलाई नियन्त्रण गर्नका लागि सबैभन्दा उत्कृष्ट खाना मानिन्छ । यसमा यदि ओलिभ ओयल समावेश गरिए फाइदा दोब्बर हुन्छ । यी दुबै खानेकुरा एकसाथ खाँदा तपाईंको तौल तीब्र रुपमा घट्न सक्छ । मोनोस्याचुरेटेड फ्याटले भरपुर ओलिव ओयर र पत्तेदार सागसब्जी मिसाएर खाँदा तपाईंको भोक नियन्त्रणमा रहन्छ ।

ग्रीन टी र कागतीः

बढ्दो तौलमाथि नियन्त्रण पाउनका लागि ग्रीन टीलाई सबैभन्दा राम्रो पेय पदार्थ मानिन्छ । लो क्यालोरी र एन्टिी अक्सिडेन्टयुक्त यो पेय पदार्थले तीब्र रुपमा क्यालोरी बर्न गर्छ र निकै कम समयमा नै तपाईंको तौल घटाउने गर्छ । थुप्रै अनुसन्धानले बताइसकेको छ कि दिनमा २–३ कप ग्रीन टी पिउँदा मेटाबोलिजम बूस्ट हुन्छ र तीब्र रुपमा तौल घट्छ । यसलाई बढी प्रभावकारी बनाउनका लागि तपाईं यसमा भिटामिन सीले भरपुर फ्रेश कागतीको रस हाल्नसक्छ ।

तातो पानी र कागतीको रसः

बिहान उठेर मनतातो पानीमा कागती–मह मिसाएर पिउँदा फाइदाजनक हुन्छ । यसलाई नियमित आफ्नो खानामा समावेश गरेर तौल नियन्त्रण गर्नसक्छ । यसले शरीरबाट विषालु पदार्थ पनि बाहिर निकाल्ने काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप