शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा ऐनको नवौं  संशोधन विवाद : विदार्थी नेता ज्ञापन पत्र बुझाउँदै

सोमबार, ०९ असोज २०७४, ११ : ३०
सोमबार, ०९ असोज २०७४

काठमाडौं -पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं  संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने वताएका छन्।

आज विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नवन्ने वताए।

ुहतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उपयुक्त हैन। ओलीले भने, प्रतिपक्ष दलको वहुमत त हुंदैन,तर यसलाई फिर्ता गराउन सक्दो पहल गर्नेछु।

आजै विद्यार्थी नेताहरुले काङ्ग्रेस कार्यवहाक सभापति विमलेन्द्र निधिलाई समेत भेटेर ज्ञापन पत्र दिएका छन्। ज्ञापन पत्र वुझ्दै निधिले यसमा सकारात्मक पहल गर्ने वताए।

शिक्षक लाइसेन्स लिएका सात  लाख विद्यार्थीलाई ऐनले प्रत्यक्ष असर गर्ने भन्दै फिर्ता लिन माग गर्दै विद्यार्थी नेताहरु विहान ओलीको वालकोट निवास पुगेका थिए।सवै पार्टीका शिर्ष नेतालाई दवाव दिने कार्यक्रम अन्तर्गत विद्यार्थी नेताहरुले  त्यपसछि निधिलाई भेटेका हुन्।

आजै सभामुख ओनसरी घर्तीलाई भेटेर ऐनको प्कृया थप अघि नवढाउन दवाव दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप