बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमितको सही रेकर्ड नराख्ने अस्पताल प्रयोगशालाहरुलाई मन्त्रालयले कारबाही गर्ने

बुधबार, १५ पुस २०७७, १५ : ४६
बुधबार, १५ पुस २०७७

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख गरेको पाइएको छ । संक्रमित व्यक्तिको ठेगाना सहि नहुँदा पहिचान र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा जाँचपडताल, स्थान विशेष पहिचान गर्न कठिनाइ भएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ । कोरोना पुष्टि भएका व्यक्तिहरु हाल बसोबास गर्ने ठेगानालाई आधार मानेर रेकर्ड राख्न मन्त्रालयका सह—प्रवाक्ता समीरकुमार अधिकारीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना लागि नमूना सकलन गर्दा बसोबास गर्ने ठेगाना उल्लेख नगरेको मन्त्रालयमा उजुरी दर्ता भएमा परीक्षण गर्ने अस्पताल तथा प्रयोगशालालाई कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप