शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५५ वर्षीय सलमान खानको फिटनेट राज

बिहीबार, १६ पुस २०७७, ०८ : ०३
बिहीबार, १६ पुस २०७७

एजेन्सी । केही दिन अगाडि मात्रै ५५ वर्षमा पाइला टेकेका बलिउडका सुपरस्टार सलमान खान अझै पनि फिल्ममा उत्तिकै सक्रिय छन् भने उनको शरीरको पनि उत्तिकै फिट छ । 

बलिउडमा प्रवेश गर्दा शरीरलाई सुगठित गर्न सलमान खानले गरेका विभिन्न फिटनेसका उपायहरु उनले जन्मदिनको अवसरमा सबैलाई बताएका छन् ।

बलिउडका सुरुवाती फिल्महरुमा निकै दुब्लो देखिने सलमान खानले ५५ वर्षसम्म पनि फिट रहन के के गरेका थिए उनले ती उपायहरु एक अन्तरवार्तामा बताए ।

उनले भने, 'म आफ्नो फिल्म करियरको सुरुवाती दिनहरुमा निकै दुब्लो थिएँ । म सधैँ आफ्नो तौल कसरी बढाउने भन्ने विषयमा चिन्तित रहन्थेँ । म उक्त समयमा जे भेट्थेँ । खाइहाल्थेँ । मलाई अझैँ याद छ, मैले 'मेने प्यार किया' फिल्मको सेटमा ३० वटा रोटी र केरा खाएको थिएँ ।'

उनले बिग बोसको १४ औँ सिजनको सेटमा आफूले आफूलाई फिट राख्नका लागि दिनमा दुई पटक जिम जाने र जिमअनुसार डाइट गर्ने गरेको बताए । उनले अहिले खाना सुँघेर नै मोटाउने गरेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप