शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने

शुक्रबार, १७ पुस २०७७, १३ : १८
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निमाृण यसनिटले जनाएको छ । 

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की देखिएका छन् ।

शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।

दीपेश सापकोटाको निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको हो । यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप