शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै कैटरीनाप्रति भुतुक्कै सलमान

शनिबार, १८ पुस २०७७, ११ : ०८
शनिबार, १८ पुस २०७७

एजेन्सी । बलिउडमा सुपरस्टारका रुपमा स्थापित अभिनेता सलमान खानको नाम अहिलेसम्म थुप्रै युवतीहरुसँग जोडिइसकेको छ । उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए । उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो ।

सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए । यी दुईको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । फिल्ममा काम गर्ने क्रममा नै उनीहरु एक अर्कासँग नजिकिएका थिए । 

तर उनीहरुको केही समयमा ब्रेकअप भयो । मिडिया रिपोर्टका अनुसार सलमानको रिसका कारण उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअपपछि पनि सलमान र कैटरीना एक अर्काको असल साथी हुन् । 

यसैबीच, सलमान खानले द कपिल शर्मा शोमा अझै पनि कैटरीनाको फोटोहरु जुम गर्दै हेर्ने गरेको खुलाएका छन् । उनी कैटरीनालाई फलो गरिरहने र उनका फोटोहरु हेर्ने गरेको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप