शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बासी खानाले निम्त्याउँछ यस्ता समस्या

आइतबार, १९ पुस २०७७, १२ : २३
आइतबार, १९ पुस २०७७

एजेन्सी । हरेक घरमा खाना हरेक दिन खाना पकाउने चलन रही आएको छ । खाना बनाएर खाएपछि पनि खाना नसकिँदा त्यसलाई राखेर भोलिपल्ट वा बासी भएपछि खाने पनि गरिन्छ । 

अझ व्यस्त जीवनशैलीका कारण एउटा समयमा नै बिहान बेलुकाको लागि खाना बनाउने पनि गरिन्छ । बारम्बार खाना पकाइराख्नको झन्झटले पनि एकैपटक खाना बनाउने गरिन्छ । साथै, बाहिरबाट खाना अर्डर गरेर पनि पछिको लागि फ्रिजमा राख्ने चलन रहेको छ । 

त्यसपछि फ्रिजमा राखेको खानालाई तातो बनाएर खाने गरिन्छ । 

यसरी बासी खानेकुरा खानाले स्वास्थ्यमा समस्या पनि ल्याउँछ । खाना बनाउने वित्तिकै फ्रिजमा राख्दा त्यसमा ब्याक्टेरिया र हानिकारक माइक्रोआर्गेनिज्म बन्न सुरु हुन्छ । खाना बनाएपछि त्यसलाई चिसो हुन छोडिदिएपछि जब फ्रिजमा राखिन्छ उक्त समयमा झन् धेरै ब्याक्टेरिया पैदा हुने गर्छ । जसले शरीरलाई प्रतिकुल असर पुर्याउँछ । 

बासी खाना खाँदा अपच, ग्यास जस्ता समस्याहरु आउँछन् । यसरी राखेको खानेकुरा खाँदा एसिडिटीको समस्या लामो समयसम्म रहन्छ । साथै, कहिलेकाँही यस्तो खानाले फुड पोइजन पनि हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप