शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाठो स्यालको झूठो प्रसंसा

मङ्गलबार, २१ पुस २०७७, १५ : २६
मङ्गलबार, २१ पुस २०७७

एउटा काग रुखको हाँगामा बसेको थियो । उसले आफ्नो चुच्चोमा रोटीको टुक्रा च्यापेको थियो ।

त्यत्तिनै खेर एउटा भोकाएको स्याल त्यहाँ आइपुग्यो । उसले कागको चुच्चोमा च्यापेको रोटी देख्यो । त्यो रोटी खान पाए त भोक शान्त हुन्थ्यो भनेर स्यालले ठान्यो । उसले कागबाट रोटी फुत्काउने उपाय सोच्न थाल्यो ।

उसले कागलाई नमस्कार गर्यो । तर कागले कुनै जवाफ दिएन । कागलाई थाहा थियो, उसले बोल्यो भने रोटीको टुक्रा खस्छ ।

स्याल बाठो थियो । उसले कागको झूठो प्रसंसा गर्न थाल्यो । उसले भन्यो, ‘तपाईं त कति सुन्दर हुनुहुन्छ । तपाईंको आवाज पनि सुमधुर छ । तपाईं गाउनुहुँदा त सारा जंगलमा खुसी छाउँछ । तपाईं त चराहरुको राजा बन्न योग्य हुनुहुन्छ ।

स्यालको झूठो प्रसंसाले काग दंग पर्यो । त्यतिकैमा स्यालले भन्यो, कृपया मलाई एउटा गीत गाएर सुनाइदिनुस् न ।

झूठो प्रसंसाले रमाएका कागले स्यालको चलाखी बुझ्न सकेन । मख्ख परेर उसले गीत गाउन मुख खोल्यो । उसको चुच्चोबाट रोटीको टुक्रा झर्यो । भोकाएको स्यालले त्यो रोटी मुखमा च्यापेर टाप कस्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप