शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

बुधबार, २२ पुस २०७७, ०८ : २८
बुधबार, २२ पुस २०७७

१. बेलायतको संसद्ले युरोपेली युनियनसँग ब्रेक्जिट व्यापार सन्धिलाई कहिले पारित गरेको हो ?
सन् २०२० डिसेम्बर ३० ।

२. ब्रेक्जिटपछिको बेलायतमा बस्न अनिच्छा प्रकट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका पिताले कुन देशको नागरिकता प्राप्तिका लागि आवेदन दिनुभएको छ ?
फ्रान्स ।
बोरिस जोन्सनका पिता स्टेनले जोन्सनले सन् २०२० डिसेम्बर ३१ मा सो धारणा व्यक्त गर्नुभएको । उहाँको आमाको जन्म फ्रान्समा भएको थियो । स्टेनले जोन्सनले सन् २०१६ को जनमत सङ्ग्रहमा बेलायत युरोपेली सङ्घमा आबद्ध हुनुपर्ने पक्षलाई समर्थन गर्नुभएको थियो । उहाँले आफू सधैँ युरोपेली नै रहने बताउँदै भन्नुभएको छ, ‘यो निश्चित हो कि तपार्इं मलाई बेलायती भन्न सक्नुहुन्न ।’

३. २०७७ पुसमा दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
प्रदेश १ ।
(प्रदेश १ ले डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई ६ रनले हराएको । उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख एवम् उपविजेता एपीएफले तीन लाख प्राप्त गरेका ।)

४. भारतमा कोरोनाविरुद्धका कुन–कुन दुई खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ ?
सेरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेकका खोप ।
यी दुई खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको ।
खोपले कुनै हानि नगरे पनि केही सहायक असर गर्न सक्ने अधिकारीले जनाएका ।
सेरमको खोपले यही २०२१ जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पूरा गरेको भारतीय औषधि नियन्त्रकको कार्यालयले जनाएको ।
भारत बायोटेकको खोप आईसीएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीद्वारा संयुक्त रूपमा विकास गरिएको पनि अधिकारीले जनाएका ।
सेरम र भारत बायोटेकको खोप दुई डोज लगाउनुपर्नेछ भने यो खोप दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डार गर्न सकिनेछ ।
सामान्य वा नियमित अवस्थामा भने यो खोप प्रयोग गर्न प्रतिबन्ध लगाइएको । यसको विकास र परीक्षणको कार्य अझै पनि जारी रहेको अधिकारीले जनाएका ।
त्यसैगरी, चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युट लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप चीन र भारतमा प्रयोग गर्न अनुमति दिइएकोे । उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको ।

५. अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस कहिले मनाइन्छ ?
जनवरी १ ।
सन् २०१४ देखि जनवरी १ का दिन नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही अगुवाहरूबाट २०७० सालदेखि हरेक वर्ष जनवरी १ मा टोपी दिवस र पुस १७ गते राष्ट्रिय पोसाक दिवस मनाउन सुरु गरिएको ।

६. एउटै परिवारका १२ जना दाजुभाइ र दिदीबहिनीको उमेरको योग सर्वाधिक भई विश्व कीर्तिमान राख्न सफल परिवार कुन हो ?
डी क्रुज ।
१२ जना दाजुभाइ र दिदीबहिनीको कुल उमेर एक हजार ४२ वर्ष पुगेको एक परिवारले गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएको ।
गिनिजका अनुसार डी क्रुज परिवारका तिनीहरूको उमेर ७५ देखि ९७ वर्षसम्म रहेको । सन् २०२० डिसेम्बर १५ का दिन जीवित १२ जना दाजुभाइ र दिदीबहिनीको सम्पूर्ण उमेर जोड्दा विश्व कीर्तिमान नै कायम भएका कारण गिनिजले प्रमाणपत्र प्रदान गरेको ।
पाकिस्तानमा जन्मेका ती दाजुभाइ दिदीबहिनी हाल अमेरिका, बेलायत, स्वीट्जरल्यान्डलगायतका देशमा रहेका ।

७. नेपाल टेलिकमले एटीटीभी ब्राण्डमा फाइबर टु द होममार्फत आईपी टीभी सेवा सञ्चालन कहिलेदेखि गरेको हो ?
विक्रम संवत् २०७७ पुस १७ ।
हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको ।
एटीटीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच चाहिने कम्पनीले जनाएको ।

८. एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रहरूद्वारा ‘आरसीईपी’ नामक व्यापारिक सम्झौता कहिले गरिएको हो ?
सन् २०२० नोभेम्बर १५ ।
सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसमेत रहेका ।
युरोप, अमेरिका र मेक्सिको बीच पनि यस्तै प्रकृतिको व्यापारिक सम्झौता गरिएको ।
आरसीईपीको धारणा चीनले ल्याएको ।

९. त्रिमूर्ति निकेतनले देवकोटा काव्य पुरस्कार (२०७७) कसलाई प्रदान ग¥यो ?
कवि शैलेन्द्र साकार ।

१०. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
खड्गशमशेर ।

११. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझिन्छ ?
देवघाट ।

१२. नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिलेदेखि भएको
हो ?
विसं २०३५ ।

१३. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा ।
– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुड्ढामा सातवटा अद्भुत र आकर्षक कुण्ड रहेका ।
– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमाजस्ता चाडमा ठूलो मेला लाग्ने गरेको ।

१४. चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण कहिले गरिएको हो ?
विसं २०७६ पुस ६ ।

१५. सन् २०२० डिसेम्बरमा आयोजित सकर अवार्डमा ‘प्लेयर अफ द सेन्चुरी’ को अवार्ड जित्न सफल फुटबलर को हुन् ?
क्रिस्टियानो रोनाल्डो ।
सन् २००१ देखि २०२० भित्र पाएको सफलताका आधारमा उनलाई विजेता चुनिएको ।
त्यसैगरी, म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डियोलालाई उत्कृष्ट कोचको अवार्ड प्रदान गरिएको ।
त्यस्तै, स्पेनी ला लिगा क्लब रियल मेड्रिडलाई ‘क्लब अफ द सेन्चुरी’को अवार्ड प्रदान गरिएको ।
त्यसैगरी, २०२० वर्षका उत्कृष्ट पुरुष फुटबलरमा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, वर्ष उत्कृष्ट कोचमा वार्यनकै हान्सी फ्लिक एवम् वर्षको उत्कृष्ट टिम अवार्ड बायर्नले प्राप्त गरेका ।

१६. विश्वव्यापार सड्ढठनमा नेपाल (डब्लुटीओ) को व्यापार नीतिको समीक्षा पहिलोपटक कहिले गरियो ?
सन् २०१२ ।
– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी, नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।
– (डब्लुटीओ) मा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको ।

१७. नागरिक स्वस्थताका आधारमा सफलता मापन गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
न्युजिल्यान्ड ।

१८. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु
गरिएको हो ?
विसं २०६२ ।

१९. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
कमाण्डरी किताबखाना ।

२०. नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?
काभ्रेपलाञ्चोक ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिकादेवीका कान्छा छोराका रूपमा विसं १८४५ पौष १५ गते उनको जन्म भएको थियो । उनको बुबा पट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए । यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । उक्त युद्धमा नेपालीको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्ग्रेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।
राष्ट्रिय विभूति बलभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो ।

२१. राष्ट्रिय विभूति बलभद्र कुँवरको सालिकसहितको पार्क निर्माण कहाँ गरिएको छ ?
धुलिखेल नपा–९, देवीस्थान (काभ्रे) ।

२२. उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक भेटवार्ता कहिले भएको हो ?
सन्् २०१८ अप्रिल २७ ।

२३. बायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?
तनहुँ ।

२४. नेपाललाई पहिलोपटक कुन सविधानले हिन्दु राज्यका रूपमा घोषणा गरेको थियो ?
नेपालको संविधान–२०१९ ।

२५. सन् २००५ मा इराकमा भएको आन्दोलनलाई के नामले चिनिन्छ ?
पर्पल रिभोलुसन ।

२६. भारतबाट आयात हुने इन्धन बीचबाटोमा चुहावट नहोस् भन्ने उद्देश्यसाथ ‘लकिङ प्रणाली’को व्यवस्था कहिलेदेखि गरिएको हो ?
विसं २०७५ वैशाख ११ ।

२७. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७४ मङ्सिर १ ।

२८. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्विक एक्सन टिम)को गठन कहिले
गरिएको हो ?
विसं २०७४ मङ्सिर १ ।

२९. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?
मे ९ ।

३०. प्रशासकीय पुनर्गठन योजना आयोग–२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?
टङ्कप्रसाद आचार्य ।

- गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप