नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु
बिहीबार, २३ पुस २०७७, १६ : ०९
नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो ।
त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ ।
ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर