बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकामा स्थानीयले गरे दोस्रो पटक तालाबन्दी

मङ्गलबार, १० असोज २०७४, २० : ४४
मङ्गलबार, १० असोज २०७४

परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्थानिय जनताले गाउँपालिका घेराउ गर्दै मंगलबार दोस्रो पटक तालाबन्दी गरेका छन् । गाउँपालिकाको नयाँ भवन कुश्मा गाउँमा बनाउनु पर्ने माग राख्दै स्थानियले दिउसो गाउँपालिका घेराउ गरि तालाबन्दी गरेका हुन् ।

 कुश्मा परसीया गाउँबाट सयांैको संख्यामा आन्दोलनमा उत्रेका स्थानियहरु गाउँपालिकाको भवन कुनै पनि हालतमा बेलासपुर बनाउन नदिने चेतनावनी दिदै कार्यालयमा  तालाबन्दी गरि महेसपुर परासी सडकखण्डमा एक घण्टा चक्का जाम गरेका थिए । चक्काजामले अवरोध भएको बाटोका कारण यातायात ठप्प बनेको थियो ।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ले बार्डको बैठकमा कार्यालयको भवन बेलासपुरमा बनाउने भनि कुनै प्रकारको कुरा नझिकि सोझै गाउँपरिषदबाट वडा अध्यक्ष एवं सदस्यहरुलाई मिलाई बहुमत पु¥याएर निर्णय गराएको विरोधमा अस्ती आईतबार ८ गते स्थानीयले कार्यालय घेराउ गर्दै तालबन्दी गरेका थिए । एक त गाउँलले गरेको तालबन्दी अध्यक्ष गुप्ताले स्थानीय जनताको बिनासहमति, प्रशासनको सहयोगमा ताला फुटाउने कार्य गरे । 

यता सोमबार स्थानीय दाता गिरी, तारिन्द्र बर्मा र द्धारिका जयसवालको टोली गाउँपरिषदबाट बहुमति पु¥याई कार्यालय भवन बेलासपुरमा बनाउने निर्णयको प्रतिलिपि माग्न जाँदा अध्यक्ष गुप्ता र ति व्यक्तिहरुबीच भनाभन पनि भएको थियो । 

अध्यक्ष गुप्ताले परिषदबाट बहुमत पु¥याई गाउँपालिका भवन बेलासपुर चोकको पश्चिम २ सय मिटर झुल्निपुरको पोखरी पुरेर बनाउने निर्णय प्रति गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार सहित विभिन्न वडा अध्यक्ष एवं सदस्यहरुले आपत्ति जनाएका थिए ।

साविक कुश्मा गाविस हाल पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर ३ मा पर्दछ र अहिले सार्न लागिएको कार्यालय भवन बेलासपुर पनि वार्ड नम्बर ३ मै पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप