शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी ६ व्यक्तिले खानुहुँदैन सुन्तला, बढ्न सक्छ समस्या

आइतबार, २६ पुस २०७७, १० : ०१
आइतबार, २६ पुस २०७७

चिसो मौसममा घाममा बसेर सुन्तला खानु कम आनन्ददायी हुँदैन । सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसको सेवनले स्वास्थ्यमा विभिन्न फाइदा हुन्छन् । कोरोनाकालमा प्रतिरोधी क्षमतालाई बलियो बनाउनका लागि भिटामिन सी लिने सल्लाह दिइन्छ । यस्तोमा सुन्तला हाम्रो लागि निकै फाइदाजनक साबित हुनछ । यसका साथै सुन्तलामा क्यालोरी निकै कम हुन्छ जसका कारण यसले तौल घटाउन पनि सहयोग गर्छ । सुन्तला खाँदा शरीरमा अनगिन्ती फाइदा हुन्छन् तर यसको अर्थ यो होइन कि तपाईं दिनभरी सुन्तला मात्रै खानुहोस् र आवश्यकता भन्दा बढी खानुहोस् । यदि तपाईंले आवश्यकताभन्दा बढी सुन्तला खानुहुन्छ भने यसले तपाईंलाई समस्यामा पार्न सक्छ । एकातिर सुन्तलाका विभिन्न फाइदा छन् भने अर्कोतिर तपाईंले यसलाई चाहिने भन्दा बढी खानुभयो भने यसले शरीरमा थुप्रै हानी पुर्याउन सक्छ । 

तपाईं सुन्तला दिउँसो मात्रै खानुहोस् । बेलुका वा रातीको समयमा सुन्तला खाँदा तपाईंलाई यसले समस्यामा पार्न सक्छ । सुन्तला चिसो फल हो, त्यसैले रातीको समयमा खाँदा यसले रुघा–खोकी निम्त्याउँछ । भिटामिन सीका साथै सुन्तलामा फाइबर, भिटामिन ए, बी, क्याल्सियम, पोटासियम, फस्फोरस इत्यादिन पोषक तत्व पाइन्छन् । यी सबै तत्व हाम्रा लागि फाइदाजनक छन् । तर सुन्तला खानुका केही हानी पनि छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं । 

पाचन क्रियामा समस्या भएको अवस्थामाः

यदि तपाईंलाई पाचन सम्बन्धि समस्या छ भने सुन्तलाको सेवन नगर्नुहोस् । यसका साथै यदि तपाईं सुन्तलाको अत्यधिक सेवन गर्नुहुन्छ भने तपाईंलाई पाचन सम्बन्धि समस्या हुनसक्छ । सुन्तलामा अत्यधिक फाइबर हुन्छ । फाइबर हाम्रो शरीरका लागि निकै राम्रो हुन्छ तर यदि तपाईं यसको अत्यधिक सेवन गर्नुहुन्छ भने यही फाइबरले पेट सम्बन्धि समस्या बढाउन सक्छ । सुन्तलाको अत्यधिक सेवनले पेटमा ऐठन, अपचजस्ता समस्या निम्त्याउँछ । अत्यधिक फाइबरको सेवनले झाडासमेत लाग्ने गर्छ । 

दाँत खराब हुनसक्छन्ः

सुन्तलाको अत्यधिक सेवनले दाँत खराब हुनसक्छन् । वास्तवमा सुन्तलामा एसिड हुन्छन् जुन दाँताको इनामेलमा हुने क्याल्सियमसँग मिलेको खण्डमा ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ । यसका कारण तपाईंको दाँतमा क्याभिटीको समस्या पनि बढ्न सक्छ । यसो हुँदा तपाईंको दाँत बिस्तारै खराब हुन थाल्छन् । 

बढाउन सक्छ एसिडिटीको समस्याः

सुन्तलामा एसिड हुन्छ । यदि तपाईंले अत्यधिक मात्रामा सुन्तलाको सेवन गर्नुहुन्छ भने यसले तपाईंमा एसिडिटीको समस्या निम्त्याउँछ । एसिडिटी हुँदा तपाईंको छाती र पेटमा जलनको समस्या बढाउँछ । 

साना बच्चाको पेट दुख्न सक्छः

शिशुलाई सुन्तलाको सेवन नगराउँदा नै राम्रो हुन्छ किनभने सुन्तलामा भएको एसिडले उनीहरुमा पेट सम्बन्धि समस्या देखिन सक्छ । 

यसका साथै स्तनपान गराइरहेका महिला र मुटुरोगका बिरामीले पनि सुन्तलाको कमै सेवन गर्नुपर्छ । 

खाली पेटमा किन खानु हुँदैन सुन्तला ?

विशेषज्ञलाई मान्ने हो भने खाली पेटमा सुन्तलाको सेवन गर्नु हुँदैन । यदि तपाईं खाली पेटमा सुन्तलाको सेवन गर्नुहुन्छ भने तपाईंलाई पेट सम्बन्धि समस्या निम्तिन सक्छ । वास्तवमा सुन्तलामा एमिनो एसिड हुन्छ, खाली पेटमा यसको सेवनले पेटमा अत्यधिक ग्यास बन्न थाल्छ । यसका साथै, राती पनि सुन्तलाको सेवन गर्नु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप