बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमार लिनेछन् १३५ करोड, निर्देशकलाई ४ करोड

आइतबार, २६ पुस २०७७, १० : ४६
आइतबार, २६ पुस २०७७

अक्षय कुमार लगातार फिल्ममा अभिनय गर्ने गर्छन् । उनको यसवर्ष मात्रै ६ वटा फिल्म रिलिजको तयारीमा छ । उनी लगातार फिल्म मात्रै गर्दैनन् उनले फिल्मको बिजनेस मोडल यसरी बनाएका छन् कि उनको फिल्मको जोखिम निकै कम हुन्छ र नाफा बढी । यी सबका बीच आफ्नो भारी पारिश्रमिक पनि लिने गर्छन् । 

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार मिशन मंगलको शानदार सफलतापछि अक्षयले यो फिल्मका निर्देशक जगन शक्तिसँग थ्रिलर फिल्मको योजना बनाएका छन् जसको नाम मिशन लायन हो । जगनको शल्यक्रियाका कारण फिल्म थोरै ढिला भएको छ । तर अहिले भने सबै बाधा हटेका छन् । 

जहाँसम्म अक्षयको पारिश्रमिकको प्रश्न उठ्छ तब उनी १३५ करोड भारु लिने गर्छन् । फिल्मका निर्माताका अनुसार विभिन्न राइट्समार्फत् अक्षयले फिल्मको अत्यधिक खर्च उठाउने गर्छन् । हिरोले यति धेरै पारिश्रमिक पाउने गर्छन् भने फिल्मका निर्देशकले भने ४ करोड भारुमा नै चित्त बुझाउनुपर्नेछ ।

यो फिल्म हाल प्रि–प्रोडक्सनको स्टेजमा छ र यसको आधिकारिक घोषणा केही दिनमा हुने भारतीय मिडियाले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप