शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो

आइतबार, २६ पुस २०७७, १६ : २७
आइतबार, २६ पुस २०७७

आफ्नो शरीरमा थरीथरीकी ट्याटु खोपाएकी बेलायती मोडल जिल हार्डेनरलाई अहिले डेटिङ प्रस्तावको ओइरो छ । २४ लाख फलोअर्स रहेको आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत यसअघि उनले डेटिङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी थिइन् । 
कामूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’

यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजारभन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् । 
एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि जानचाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको मज्जा लिनेछु ।’

एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाईसँसँग डेटका लागि सम्पर्कमा रहिरहनेछु ।’ 
इन्स्टाग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप