मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै मृत्युबारे भविष्यवाणी गर्ने स्वामी विवेकानन्द, पढ्नुस् १० रोचक प्रसङ्ग

मङ्गलबार, २८ पुस २०७७, १२ : ४०
मङ्गलबार, २८ पुस २०७७

एजेन्सी । भारतका आध्यात्मिक गुरु विवेकानन्दको पूरा जीवन बुझ्न र मनन गर्न योग्य छ । यद्यपी केही यस्ता छन्, जो तपाईलाई रोचक लाग्नेछ । स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा उनीसँग जोडिएका १० खास कुराबारे आज हामी चर्चा गर्दैछौं । उनको अध्यात्मिक जीवनमा निकै महत्वपूर्ण रह्यो । तपाईलाई यो सुन्दा अचम्म लाग्दा कि विवेकानन्दले निकै पहिले नै आफ्नो मृत्युबारे भविष्यवाणी गरेका थिए । उनीबारेका १० रोचक तथ्य पढ्नुस् 

१.स्वामी विवेकानन्दको जन्म कलकत्ताको कायस्थ परिवारमा भएको थियो । उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो । उनका बाबु विश्वनाथ दत्त कलकत्ता हाईकोर्टमा वकिल थिए, आमा भुवनेश्वरी देवी धार्मिक विचार राख्ने महिला थिइन् । 
२. नरेन्द्रनाथ १८७१ मा आठ वर्षको उमेरमै विद्यालय गए । १८७९ मा उनले प्रेसिडेन्टी कलेजको प्रवेश परीक्षामा पहिलो स्थान हासिल गरे । 

३.उनी २५ वर्षको उमेरमा घर छाडेर सन्यासी बनेका थिए । सन्यास लिएपछि उनको नाम विवेकानन्द रह्यो । 

४.रामकृष्ण परमहंस र स्वामी विवेकानन्दको पहिलो भेट १८८१ मा कलकत्ताको दक्षिणेश्वरको काली मन्दिरमा भएको थियो । परमहंसले उनलाई शिक्षा दिएका थिए । सेवा दान होइन, बरु सारा मानवतामा निहित ईश्वरको सचेतन आराधना हुनुपर्छ भनेर उनले बुुझाएका थिए । 

५.विवेकानन्दले जब रामकृष्णलाई भेटे, तब उनले सोधेका थिए, ‘के तपाईले भगवान् देख्नुुभएको छ ?’ रामकृष्ण परमहंशले जवाफ दिए, ‘देखेको छु, मैले भगवान्लाई त्यति नै स्पष्टसँग देखेको छु, जति तिमीलाई देख्नसक्छु । फरक केवल यति छ कि म उनलाई तिमीभन्दा धेरै गहिराईमा गएर महसुस गर्नसक्छु ।’


६.अमेरिकामा भएको धार्मिक सभामा जब स्वामी विवेकानन्दले ‘अमेरिकाका दाजुुभाई–दिदी बहिनी’ भनेर सम्बोधन गर्न थाले, तब २ मिनेटसम्म आर्ट इन्स्टिच्युट अफ शिकागोमा निरन्तर ताली बजिरह्यो । ११ सेप्टेम्बर १८९३ को यो दिन ऐतिहासिक मानिन्छ । 

७.स्वामी विवेकानन्दले १ मई १८९७ मा कलकत्तास्थित रामकृष्ण मिशन र ९ डिसेम्बर १८९८ मा गंगा नदीको किनारस्थित बेलूरमा रामकृष्ण मठको स्थापना गरेका थिए । 

८.विवेकानन्दको जन्मजयन्तीको सम्झना गर्दै हरेक दिन १२ जनवरीमा भारतमा राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । १९८५ देखि स्वामीको जन्मजयन्तीलाई युवा दिवसका रुपमा मनाउन थालिएको हो । 

९.स्वामीजीलाई दम र सुुगर थियो । यसैलाई लिएर उनले भनेका थिए, ‘यी रोगहरुले मलाई ४० वर्ष पनि कट्न दिदैंनन् ।’ आफ्नो मृत्युुबारेको उनको यो भविष्यवाणी सही निस्कियो । ३९ वर्षको उमेरमा ४ जुलाई १९०२ मा बेलूरस्थित रामकृष्ण मठमा ध्यानमग्न अवस्थामा उनले महासमाधि धारण गरेर प्राण त्यागे । 

१०.स्वामी विवेकानन्दको अन्तिम संस्कार बेलूरमा गंगा किनारमा गरिएको थियो । ठिक त्यही ठाउँको विपरित किनारमा जहाँ उनका गुरु रामकृष्ण परमहंसको अन्तिम संस्कार गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप