मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका युवाको अवस्था अज्ञात

बुधबार, ११ असोज २०७४, ११ : ५९
बुधबार, ११ असोज २०७४

रत्ननगर ।  पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर हराएका भरतपुर महानगरपालिका–२७ मेघौलीका २८ वर्षीय प्रकाश महतोको अवस्था अझै अज्ञात छ । 

वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी दुई महिनाअघि मात्रै फर्केका थिए । असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिन साथीहरुसँगै पौडीखेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए । 

आज दशैंँको फूलपातीमासमेत उनको अवस्था थाहा नभएपछि परिवार चिन्तित भएका छन् । 

डुङ्गाको सहयोगमा उनको खोजी जारी राखिए पनि १० दिन हुँदासम्म भेटन नसकिएको उनका काका मायाराम चौधरीले बताए । 

उनीसँगै १९ जना साथी गोलाघाटमा पिकनिक गएका थिए । त्यसपछि नारायणी र राप्ती नदीको दोभानमा पौडी खेल्न पुगे । पौडी खेलेर घर फर्किने बेलामा मात्रै प्रकाश हराएको थाहा भएको सँगैपौडी खेल्न गएकाहरुले बताएका थिए । 
‘सबैले कपडा लगाएछन्, प्रकाशको मात्रै कपडा बाँकी रहेछ, चौधरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “त्यसपछि मात्रै हराएको थाहा भयो, अनि केही घण्टा खोज्दा फेला नपरेपछि हामीलाई खबर गरे ।” 

प्रहरी प्रशासनलाई जानकारी गराएपनि खोजीमा खासै चासो नदिएको गुनासो गर्दै उनले उनको खोजीका लागि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्। 
दिव्यनगर इलाका प्रहरी कार्यालयले भने बोटेहरु लगाएर डङ्गाको सहयोगमा खोजी कार्य गरेपनि फेला पार्न नसकिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप