बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुपर प्लस साइज मोडल’ का लागि ९ प्रतियोगी छनौट

बुधबार, २९ पुस २०७७, १३ : ३०
बुधबार, २९ पुस २०७७

काठमाडौं । ‘अल साइज इज ब्युटिफुल’ भन्ने नारा रहेको सौदर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल २०२१’ का लागि ९ प्रतियोगी छानिएका छन् ।  राजधानीमा हालै आयोजित पहिलो चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि ती प्रतियोगी छानिएका हुन् । अडिसनमा २६ जनाको सहभागिता रहेको थियो । छनौट चरणको अन्तिम अडिसन आगामी माघ १० हुने आयोजकले जनाएको छ ।

छनौट चरणको अडिसनका लागि टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो निर्णायक रहेका छन् । मोडल सङ्स नेपाल आयोजक रहेको प्रतियोगितामा पहिलो र दोसो चरणमा छानिएका प्रतियोगिलाई कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङ सम्बन्धी ज्ञानसहित बिभिन्न प्रशिक्षण पश्चात अन्तिम स्पर्धामा उतारिनेछ । 

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज २०२१’ मा सहभागिता जनाउन पाउने आयोजक संस्थामा  प्रमुख डेभिल सिंह राजपुतले जानकारी दिए । उत्कृष्ट तीन भित्र पर्ने विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने  राजपुतको भनाई रहेको छ ।

‘प्लस साइज (मोटोपना)का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरि समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना  गरिएको हो । जसमा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्ने आयोजकले प्रावधान राखेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप