बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा राजपा विजयी, सप्तरीमा कसको कति ?

बुधबार, ११ असोज २०७४, २१ : ४४
बुधबार, ११ असोज २०७४

राजविराज– सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजय भएको छ । 

राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी हुनभएको हो । शम्भुले १५ मत बढी ल्याएर विजयी भएको बताइएको छ । 

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७५९ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १९५ मत प्राप्तगरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले चार हजार २६९ मत प्राप्त गरेका छन् ।  

यस्तै राजविराज नगरपालिका वडा नं १ मा राजपा नेपाल, २ मा संघीय फोरम नेपाल, ३ मा स्वतन्त्र, ४ मा माओवादी केन्द्र, ५ मा नेपाली काँग्रेस, ६ मा माओवादी केन्द्र, ७ मा स्वतन्त्र, ८ मा माओवादी केन्द्र, ९ मा राजपा नेपाल, १० मा राजपा नेपाल, ११ मा माओवादी केन्द्र १२ मा संघीय फोरम नेपाल, १३ मा संघीय फोरम, १४ मा राजपा नेपाल, १५ संघीय फोरम नेपाल र वडा नं १६ मा राजपा नै विजयी भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

यसअघि सप्तरीमा रहेको १७ वटा स्थानीय तहमध्ये डाकनेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा नेपाल नै विजयी भएको थियो । 

त्यस्तै बोदेबर्साइन नगरपालिका खडक नगरपालिका, तिरहुत गाउँपालिका, महदेवा र बलान गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजय भएको छ । 

अग्निसाइ कृष्णासवरम गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका तथा सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । यस्तै, सप्तकोशी नगरपालिका र कंचरुप नगरपालिकामा नेकपा९एमाले० र छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टीले विजय प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप