मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको  मतपरिणामः कुन प्रदेशमा कसको प्रभाव ?

५ वटा प्रदेशमा एमाले पहिलो, २ वटामा कांग्रेस
बिहीबार, १२ असोज २०७४, ११ : ०९
बिहीबार, १२ असोज २०७४

काठमाडौं– तीन चरणको स्थानीय तह निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बनेको छ । २९४ स्थानीय तह जित्दै एमाले पहिलो पार्टी बनेको हो ।  यस्तै नेपाली कांग्रेस २६६ स्थानीय तह जित्दै दोस्रो पार्टी बनेको  छ । कांग्रेसले तेस्रो चरणको निर्वाचनमा  राम्रो नतिजा ल्याएपनि  पहिलो र दोस्रो चरणको निर्वाचनमा सन्तोसजनक नतिजा ल्याउन नसकेपछि एमालेभन्दा २८ तह कम जित्दै दोस्रो स्थानमा रहेको हो । 

 यस्तै नेकपा माओवादी केन्द्रले १०६ स्थानीय तह जितेको छ  भने संघीय समाजवादी फोरमले ३०, राजपा २५,  लोकतान्त्रिक फोरम ९ र अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २३ तह जितेका छन् ।

 गत बैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । बैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन भएको थियो भने असार १४ मा प्रदेश नम्बर १,५ र ७  मा भएको थियो ।  प्रदेश नम्बर २ मा भने असोज २ मा  निर्वाचन भएको थियो ।  सो निर्वाचनको अन्तिम मत परिणाम  बुधबार आएको थियो । 

अन्तिम नतिजा अनुसार प्रदेश नम्बर २ र ४ मा नेपाली कांग्रेस पहिलो पार्टी बन्दा बाँकी ५ प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ । 
प्रदेश नम्बर १ मा एमालेले ६९ तह जितेको छ । यस्तै कांग्रेसले ५१ तह जित्दा माओवादी केन्द्रले मात्र ९ तह जितेको छ ।  यस्तै फोरम लोकतान्त्रिकले ३, संघीय समाजवादी फोरमले १ र अन्य दलले ४ तह जितेका छन् ।  

यसैगरी प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ४० तह जित्दा एमालेले मात्रै १८ तह जितेको छ । एमालेको   स्थानीय चुनावमा २ नम्बर प्रदेश कमजोर देखिएको हो । यस्तै २ नम्बरमा संघीय समाजवादी फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, लोकतान्त्रिक फोरमले ३ र अन्य दलले तीन तह जितेका छन् । 
यस्तै  प्रदेश नम्बर तीनमा एमालेले ६४ तह जितेको छ भने कांग्रेसले ३५, माओवादी केन्द्रले १७ र अन्य दलले ३ तह जितेका छन् । 

यसैगरी प्रदेश नम्बर ४ मा कांग्रेसले ४४ तह जितेको छ भने एमालेले ३४ तह जितेको छ । यस्तै माओवादी केन्द्रले ५ तह जित्दा अन्य दलले २ तह जितेका छन् । 
प्रदेश नम्बर ५ मा एमालेले ४३, नेपाली कांग्रेसले ३३, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ३ लोकतान्त्रिक फोरमले २ तह जित्दा स्वतन्त्रसहितका साना दलले ९ तह जितेका छन् । 

यसैगरी प्रदेश नम्बर ६ मा एमालेले २७, कांग्रेसले २५, माओवादी केन्द्रले २५ तह जित्दा अन्य दलले २ तह जितेका छन् । 
यस्तै ७ नम्बर प्रदेशमा एमालेले ३९ तह जित्दा कांग्रेसले १ तह कम ३८ तह जितेको छ । यस्तै माओवादी केन्द्रले १० तह जित्दा फोरम लोकतान्त्रिकले पनि एक तह जितेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप