
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि
‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ