अभिनेत्री करिश्माको बाबुरामलाई प्रश्न– यहि हो नेपालीले पाएको गणतन्त्र !
काठमाडौं । एक समय अभिनेत्री करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा थिइन् । त्यतिबेला उनको बाबुरामप्रति निकै भरोसा पनि थियो । त्यसैले पनि नयाँ शक्तिको घोषणा कार्यक्रममा आफैले संचालन गरेकी थिइन् ।
घोषणा कार्यक्रममा बोलेको टुटेफुटेको अंग्रेजीको कारण करिश्मा आलोचित मात्र भइन् । ‘ट्रोल’ समेत बनिन् । तर पनि करिस्माले बाबुरामको पार्टी छोडिन् । बाबुरामको नयाँ शक्तिपार्टी बिभिन्न मधेदवासी दलहरुसँग मिलेर अहिले जनता समाजवादी पार्टी भएको छ । करिश्माले सक्रिय राजनीतिमा नलाग्ने निर्णय गरिसकेकी छन् । राजनीतिमा सक्रिय नलाग्ने निर्णय गरेपनि राजनीतिक घटनाक्रम उनले उनले टिकाटिप्पणी गर्न छोडेकी छैनन् ।
यस्तैमा उनले डा.बाबुराम भट्टराई माथि प्रहार गरेकी छन् । बाबुरामले राखेको एक पोष्ट सेयर गर्दै उनले उनको बिचारको विरोध समेत गरेकी छन् । ‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्काे पार्टीको बिरोधमा मात्र सिमित भएको देख्दा दुःख लाग्छ डा.साब !’ उनले अगाडि लेखेकी छन् ‘यहि हो नेपालीले पाएको गणतन्त्र !’ करिश्माले राजनीतिक संस्कारको कुरा गर्दै देश विकास कहिले हुने भनेर बाबुरामलाई प्रश्न समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान