बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बिदा भए ट्रम्प, यसरी आउँदैछन् बाइडेन (फोटोफिचर)

बुधबार, ०७ माघ २०७७, २२ : ३३
बुधबार, ०७ माघ २०७७

एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको सपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको सपथ बहिस्कार गर्दैछन् । नयाँ प्रशासनलाई  शुुभकामना दिएपनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सपथ समारोहमा उपस्थित छैनन् । उनले ह्वाइट हाउस पनि छाडिसकेका छन् । 

बाइडेनको स्वागत र ट्रम्पको विदाईका केही तस्विर 

बुधबार नवनिर्वाचित राष्ट्रपति आफ्नी श्रीमतीसँग वासिङटनस्थित एक गिर्जाघरमा आयोजित प्रार्थना सभामा सहभागी हुँदै ।

ह्वाइट हाउस छाड्नुअघि बिदाई भाषण गर्दै ट्रम्प । उनले आफ्नो बिदाईमा उपस्थित समर्थकहरुमाझ ‘सधैं तपाईहरुका लागि लडिरहनेछु’ भनेका छन् । नयाँ प्रशासनलाई सफलताको शुभकामना पनि दिएका छन् ।

 

जोयन्ट बेस एन्ड्रियुस्मा ट्रम्पको बिदाई नियाल्दै उनका समर्थकहरु । 

हेलिकोप्टरमा सवार भएर ह्वाइटहाउसबाट बिदा भए ट्रम्प 

मंगलबार जो बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनीहरुका श्रीमती/श्रीमान्ले कोभिड १९ मा ज्यान गुमाएकाहरुको सम्झना गरेका थिए

पूर्वराष्ट्रपति बाराक ओबामा दम्पत्ति नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस दम्पत्तिसँग

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप