बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सपथ बहिष्कार गरेका ट्रम्पलाई पनि बाइडेनले दिए धन्यवाद

बिहीबार, ०८ माघ २०७७, ०० : १३
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् ।  उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक  बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’

उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो,’ उनले भने । आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘म दुुबै दलका पूर्व राष्ट्रपतिहरुलाई धन्यवाद दिन चाहन्छु । ती राष्ट्रपतिलाई पनि सलाम, जो यहाँ आएनन्, तर उनलाई अमेरिकाको सेवा गर्ने मौका मिल्यो ।’  

मुस्किल समय 

बाइडेनले भने,‘हामीले अझै लामो बाटो तय गर्न बाँकी छ । धेरै कुरा गर्न बाँकी छ । हामीले धेरै बनाउनु छ, धेरै हासिल गर्नुुछ । अहिले जस्तो मुस्किल अवस्था अमेरिकीहरुले पहिले देखेकै थिएनन् । दोस्रो विश्वयुद्धमा पनि यस्तो भएको थिएन । दशौं लाखको रोजगारी गुुमेको छ । दशौं लाखको कारोबार बन्द भएको छ । चरमपन्थ, स्वेत सर्वोच्चतावाद, आतंकवादलगायतको हामीले सामना गर्नुपर्छ । एकजुट रहन र एकता बनाइराख्न जरुरी छ ।’ उनले थपे, ‘पुरै अमेरिकालाई एकजुट राख्नु नै मेरो आत्मादेखिको प्रयास हो । म हर अमेरिकीहरुलाई यस उद्देश्यमा जोडिन अपिल गर्छु । हामीले एकजुट भएर आक्रोश, घृणा, चरमपन्थ, हिंसालाई हराउन सक्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप