ad
केन्द्रीय संस्करण

ऋषिराजले सुरु गरे ‘चुरीफुरी’

person explore access_timeमाघ ८, २०७७ chat_bubble_outline0

काठमाडौं । हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’को छायाँकन सुरु गरेका छन् । केही दिन अघिदेखि काठमाडौका बिभिन्न स्थानमा फिल्मको छायाँकन भैरहेको छ ।

आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय रहनेछ । 

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा हुन् ।
मनोरञ्जनको नौलो प्याकेजका रुपमा ‘चुरीफुरी’ निर्माण थालेको निर्देशक आचार्यले बताए । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.