बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै

शुक्रबार, ०९ माघ २०७७, ०६ : ४०
शुक्रबार, ०९ माघ २०७७

जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिइसकेका छन् । डोनाल्ड ट्रम्पको अब पूर्व राष्ट्रपतिको रुपमा इतिहासमा दर्ता भइसकेको छ । ट्रम्प जनवरी ७ अघि आफूले चुनाव हारेको स्विकार गर्न नै तयार थिएनन् । चुनावमा धाँधलीको आरोपमा अडिरहे । उनले बाइडेनलाई जीतको औपचारिक बधाईसमेत दिएनन् । १५० वर्षमा उनी पहिलो यस्तो राष्ट्रपति बनेका थिए जसले नयाँ राष्ट्रपतिको सपथ समारोहमा भाग लिएका थिएनन् । 

यूएसएटुडेको एक रिपोर्ट अनुसार ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्ना अन्तिम दिनमा एउटा मात्रै परम्पराको पालना गरे जबकी उनले चारवटा परम्परा तोडे । आउनुहोस्, यसबारे जानकारी लिऔंः

एउटा परम्परा जुन ट्रम्पले निभाएः

कार्यकाल समाप्त भएपछि र ह्वाइट हाउस छोड्नु अघि पूर्व राष्ट्रपतिले नयाँ राष्ट्रपतिका लागि एउटा नोट अर्थात् चिट्ठी छोडेर जान्छन् । ट्रम्पले यो एउटा परम्परा निभाए । उनले ओभल अफिसमा बाइडेनका लागि नोट अर्थात् लेटर छोडे । अब बाइडेन यो बताउनका लागि तयार छैनन् कि आखिर उक्त चिट्ठीमा के लेखिएको छ । उनले यसलाई नीजि चिट्ठी बताइरहेका छन् । 

चार परम्परा जुन ट्रम्पले तोडेः

१. बाइडेनलाई ह्वाइट हाउस आउने निम्तो दिइएनः

परम्पराका अनुसार चुनाव नतिजा स्पष्ट भएपछि वर्तमान राष्ट्रपति भावी राष्ट्रपति (नव निर्वाचित राष्ट्रपति) लाई ह्वाइट हाउस आउने निम्तो दिन्छन् । ट्रम्पले ७ जनवरीसम्म हार मानेका थिएनन् । जब संसद्मा हिंसा भयो र ट्रम्पको चौतर्फी आलोचना भयो तबमात्रै उनले हार स्विकारेका हुन् तरपनि बाइडेनलाई बधाई दिएनन् । चार वर्षअघि जब ट्रम्पले चुनाव जितेका थिए तब बराक ओबामाले उनलाई ह्वाइट हाउस बोलाएका थिए । यसअघि जर्ज डब्ल्यू बुशले ओबामालाई ह्वाइट हाउस र ओभल अफिस देखाएका थिएनन् । 

२. फर्स्ट लेडीजको ‘टी एण्ड टुर’ परम्पराः

ट्रम्पले जस्तो बयानबानी उनकी श्रीमती मेलानियाले त गरिनन् तर परम्परा तोड्ने मामिलामा उनी पनि पछि परिनन् । करिब सय वर्षपछि यस्तो भयो जब फर्स्ट लेडी (यसपटक मेलानिया ट्रम्प) ले भावी फर्स्ट लेडी (जिल बाइडेन) लाई ह्वाइट हाउस बोलाइनन् । परम्पराका अनुसार भावी प्रथम महिलालाई वर्तमान प्रथम महिलाले चियामा बोलाउँछिन् । त्यसपछि उनलाई ह्वाइट हाउसको सयर गराउँछिन् । यो ट्रान्सफर अफ पावरको हिस्सा हो । बाइडेनकी छोरी एश्लेले मेलानियाको यो व्यवहारलाई दुःखद बताइन् । 

३. ट्रम्पले नव निर्वाचित राष्ट्रपतिलाई शपथ दिलाउन लगेनन्ः

सपथ ग्रहण अघि ह्वाइट हाउसको नर्थ पोर्टिकोको सिँढिमा राष्ट्रपति (यसपटक ट्रम्प) ले नव निर्वाचित राष्ट्रपतिलाई रिसिभ गर्छन् । त्यसपछि सँगै संसद भवन पुग्छन् जहाँ सपश ग्रहण कार्यक्रम हुन्छ । सन् २०१७ मा ट्रम्प र मेलानियालाई मिशेल र बराक ओबामाले रिसिभ गरेका थिए । यसपटक ट्रम्प सपथ ग्रहण कार्यक्रममा समावेश भएनन् । ह्वाइट हाउस चिफ टिमोथी हर्लेथले बाइडेनलाई बधाइ दिए । पद सम्हालेपछि सर्जन जनरलसँगै टिमोथीलाई पनि छुट्टी दिइयो । 

४. सपथ ग्रहण समारोहमा समावेश नहुनुः

१५२ वर्षपछि यो पहिलो मौका थियो जब नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण समारोहमा राष्ट्रपति समावेश भएनन् । यसअघि सन् १९६९ मा एन्ड्रू जोनसन एस. ग्रान्ट (१८ औं राष्ट्रपति) को सपथ ग्रहण समारोहबाट टाढा थिए । जोनसन त्यतिबेला ह्वाइट हाउसमा नै थिए । ट्रम्प एक कदम अगाडि थिए । उनले फ्लोरिडा प्रस्थान हुनुअघि एन्ड्रू एयरबेसमा समर्थकलाई सम्बोधन गरे । यो विदाई भाषणभन्दा राजनीतिक भाषण थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप