शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँट हुँदै, ९ जनामध्ये १ जनाले मात्रै सेयर पाउने

शुक्रबार, ०९ माघ २०७७, ०८ : १५
शुक्रबार, ०९ माघ २०७७

काठमाडौँ । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ ।

हाल यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जना आवेदकले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन् । कुल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्न सक्छन् । अर्थात् आईपीओ भर्ने ९ जनामध्ये १ जनाले मात्रै यस्तो सेयर प्राप्त गर्न सक्छन् ।

केवलकार सेवा प्रदायक क्षेत्रमध्ये पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरिले यसअघि चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने सेयर स्थानीयवासीका लागि वितरण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप