शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

शुक्रबार, ०९ माघ २०७७, १३ : १९
शुक्रबार, ०९ माघ २०७७

 प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु भएको हो । 

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केको जुलुस एकीकृत हुँदै रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगिसकेको छ । केहीबेरमा शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप