ad
केन्द्रीय संस्करण
कोरोनाभाइरस खोप

खोप त आयो, लाउने कि नलाउने अन्यौल बाँकी छ !

कोभिशिल्डका खोपबारे यस्ता छन् चिकित्सकका धारणा

person explore access_timeमाघ १०, २०७७ chat_bubble_outline0

 

 

 

सोचे भन्दा चाँडो र तीव्र गतिमा नेपालमा पनि कोरोनाविरुद्धको अक्सफोर्ड यूनिवर्सिटी र जेनर संस्थानले परम्परागत प्रविधि 'भाइरल वेक्टर'  बाट   विकसित गरेको ऐस्ट्रेजेनेका  खोप गत बिहीबार भित्रिएको छ । र, यो सम्भव भएको छ, भारत सरकारको ‘सदाशयता’ अनि सरकारको क्रियाशीलताका कारण । कोरोना महामारीले पैदा गरेको उकुसमुकुसबीच यो एउटा अत्यन्तै सकारात्मक खबर हो । तर, यो सँगसँगै देखापरेको मुख्य चुनौती नै खोपप्रति नेपाली जनमानसमा   विश्वास कसरी जगाउने भन्ने पनि रहेको छ  ।

नेपालमा मात्रै हैन, यतिखेर विश्वभरि नै खोपका बारेमा  तमाम शंका–उपशंका–आशंकाहरु व्यापात  छन् । यसो हुनुका  दुई कारण छन् - कोरोनाविरुद्धका खोपहरु 'खोप निर्माणका परम्परागत रुप,शैली र प्रक्रिया  भन्दा फरक अत्यन्तै 'फास्ट ट्र्याक'मा विकसित गरिएका छन् । सम्भवतः खोपको हालसम्मकै इतिहासमा यति चाँडो खोप निर्माण गरिएको र त्यसको प्रयोगको  आपातकालीन अनुमति पाएको यो नै पहिलो  घटना  हो । दोस्रो कारण होः अहिले प्रयोगको  आपातकालीन  अनुमति पाएका अधिकांश खोपहरुले तेस्रो चरणसम्मका परीक्षण मात्रै पार गरेका छन् । कुनै पनि नयाँ खोपले विश्व स्वास्थ्य संगठनको प्रोटोकाल अनुसार चौथो चरणको व्यापक परीक्षणको सफलतापछि मात्रै सहज रूपमा प्रयोगको स्वीकृति पाउँछ। कुनै पनि खोपले चौथो चरणको परीक्षण पार नगरेकाले नै  खोप प्रयोगका लागि 'आपतकालीन अनुमति प्रदान गरेको' शर्त लगाइएको हो।  

अहिले प्रयोगको  आपातकालीन  अनुमति पाएका अधिकांश खोपहरुले तेस्रो चरणसम्मका परीक्षण मात्रै पार गरेका छन् । कुनै पनि नयाँ खोपले विश्व स्वास्थ्य संगठनको प्रोटोकाल अनुसार चौथो चरणको व्यापक परीक्षणको सफलतापछि मात्रै सहज रूपमा प्रयोगको स्वीकृति पाउँछ। कुनै पनि खोपले चौथो चरणको परीक्षण पार नगरेकाले नै  खोप प्रयोगका लागि 'आपतकालीन अनुमति प्रदान गरेको' शर्त लगाइएको हो। 

तेस्रो चरण सम्मका परीक्षणमा केही हज़ार व्यक्तिमा मात्रै खोप परीक्षण भएको छ।  तेस्रो चरण सम्मको परीक्षणमा अधिकांश खोप ( विश्वभरी आपतकालीन प्रयोगको अनुमति पाएका सबै खोप ) को परिणाम सकारात्मक एवं सन्तोषजनक रहेको छ। तर चौथो चरणको व्यापक परीक्षणको समय नै पुगी नसकेकोले खोपको अन्तिम अग्निपरीक्षा सम्पन्न हुन पाएको छैन।  खोपले विश्वका विभिन्न व्यक्ति, समुदाय, भगौलिक अवस्थामा के कस्तो तात्कालिक असर, दीर्घकालीन असर पार्ने हो अर्थात खोपको विश्व स्तरमा पर्ने  सकारात्मक–नकारात्मक प्रभावबारे अहिल्यै नै केही भनिहाल्न सकिने स्थिति छैन । यस  स्थितिमा खोपले काम गर्छ कि गर्दैन, खोप लाउँदा यसले दिने 'साइड इफेक्ट' लाई लिएर  आम मानिसमा व्यापक जिज्ञासाका साथसाथै एक किसिमको अज्ञात भय व्याप्त रहेको अन्यौलजन्य  स्थिति पनि छ ।  विश्वका अन्य देश जस्तै नेपालमा पनि सरकारले प्रारम्भिक चरणमा खोप दिनका लागि लक्षित गरेका वर्गमै पनि अन्यौलको स्थिति छ, खोप लगाउने कि नलगाउने ?

स्मरण रहोस्, अरु मुलुकहरुमा जस्तै नेपालमा पनि सरकारले पहिलो चरणमा खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सुरक्षाकर्मीलाई  दिने निर्णय गरेको छ । र, यतिखेर सरकारले खोप लगाउनेबारे लक्षित वर्गहरुबाट तथा अस्पतालहरुबाट तथ्यांक संकलन गरिरहेको छ  । सरकारले सम्बन्धित अस्पताल, कार्यालयहरुमा खोप लगाउन चाहने कर्मचारीहरुको सूची मागेर पत्र समेत पठाइसकेको छ । तर प्राप्त जानकारी अनुसार कतिपय सरकारी अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले पनि खोप लगाउन अनिच्छा जाहेर गरेका छन् ।

दुईथरिका भारतीय खोप - कोभिशिल्ड र कोभ्याक्सिन

https://images.livemint.com

नेपालले अनुदान पाएको खोप कोभिशिल्ड हो, कोभ्याक्सिन होइन । भारतमा ती दुवै भ्याक्सिनहरुको आपतकालीन उपयोग भइरहेको छ । भारत सरकारका अनुसार अहिलेसम्म खोप लगाएकाहरुमध्ये ०.१८ प्रतिशतमा मात्रै प्रतिकूल असर देखिएको छ भने ०.००२ प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्नुपरेको छ ।

www.bharatbiotech.com

यतिखेर भारत सरकारले आफ्नो मुलुकमा दुई थरिको खोपको आपतकालीन प्रयोग गरिरहेको छ । उसले प्रयोग गरिरहेका खोपमध्ये एउटा खोप  नेपाललाई १० लाख खुराक (डोज) अनुदान दिएको कोभिशिल्ड हो भने अर्को चाहिँ कोभ्याक्सिन । कोभिशिल्ड खोप विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनीहरुमध्येका एक भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको अक्सफोर्डको एस्ट्राजेनेकाको भारतीय संस्करण–उत्पादन हो भने कोभ्याक्सिन चाहिँ भारतको बायोटेक कम्पनीले उत्पादन गरेको घरेलु खोप हो ।

यी दुई खोपहरुमध्ये पहिलो खोप अर्थात् कोभिशिल्डको १० लाख खुराक नेपाललाई सद्भावको रुपमा अनुदान दिएको हो । भारतले  दोस्रो खोप अर्थात् कोभ्याक्सिनका पनि करिब ४५ लाख खुराक  पनि आफ्ना छिमेकी मुलुकहरु मरिशस, फिलिपिन्स, म्यान्मार लगायतका देशहरुलाई अनुदान दिने तयारी गरिरहेको छ । 

चौथो चरणको परीक्षण

'फास्ट ट्र्याक'मा निर्माण भएका  तथा चौथो चरणको 'क्लिनिकल ट्रायल' सम्पन्न नभएका  कारण खोपलाई लिएर  विश्वभरी  नै विभिन्न शंका आशंकाहरु चलेका हुन् । यसै  कारण खोपका सानोभन्दा सानो नकारात्मक असरले पनि यतिखेर मानिसको मनमा गढेर रहेको शंका–आशंकामा घीउ थप्ने काम गरिरहेको छ  । विशेषतः विश्वमा जुन परिणाममा आम मानिसमा खोप दिइसकिएको छ र दिइने क्रम जारी छ, त्यसको तुलनामा अहिले देखिएका साइडइफेक्ट सामान्य हो, अझ भन्ने हो भने  नगण्य  नै हो । तर  यो पनि  सत्य हो, खोप लगाइसकिएकै व्यक्तिहरुमा पनि त्यसको प्रभावकारिताबारे थाहा पाउन अझै केही समय कुर्नुको विकल्प नरहेको कारणले पनि आम मानिसको मनमा उब्जिएको शंका–आशंका निर्मुल हुन सकिरहेको छैन । अहिले नेपालमा पनि खोपप्रतिको त्यो शंका -आशंका देखापर्नु कुनै अनौठो कुरा चाहिँ होइन ।

कोभिशिल्ड खोप भारत, बेलायतसँगै धेरैले राष्ट्रहरुले आपतकालीन रुपमा प्रयोग गरिरहेको छन् । कोभिशिल्ड मात्रै किन, हाल विश्वभरि नै आपतकालीन रुपमा प्रयोग भइरहेका अधिकांशतः खोपहरु परीक्षणकै क्रममा रहेको र कुनै पनि खोपले चौथो चरणको ट्रायल पूरा गरेका छैनन् ।

माथि पनि उल्लेख गरिसकिएको छ कि नेपालले अनुदान पाएको खोप कोभिशिल्ड हो, कोभ्याक्सिन होइन । भारतमा ती दुवै भ्याक्सिनहरुको आपतकालीन उपयोग भइरहेको छ । भारत सरकारका अनुसार अहिलेसम्म खोप लगाएकाहरुमध्ये ०.१८ प्रतिशतमा मात्रै प्रतिकूल असर देखिएको छ भने ०.००२ प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्नुपरेको छ । यो भनेको अति न्यून संख्या हो, जसले भारतमा चलाइएका दुवै खोपहरु मूलतः हालसम्म सुरक्षित नै रहेको संकेत गर्छ । मेडिकल साइन्सले विकसित गरेको कुनै पनि खोप - औषधि - चिकित्सा पद्धति शत प्रतिशत सुरक्षित हुन सक्दैन भन्ने तथ्य पनि भुल्नु हुँदैन । 

कोभिशिल्ड खोप भारत, बेलायतसँगै धेरैले राष्ट्रहरुले आपतकालीन रुपमा प्रयोग गरिरहेको छन् । कोभिशिल्ड मात्रै किन, हाल विश्वभरि नै आपतकालीन रुपमा प्रयोग भइरहेका अधिकांशतः खोपहरु परीक्षणकै क्रममा रहेको र कुनै पनि खोपले चौथो चरणको ट्रायल पूरा गरेका छैनन् ।

शंका उब्जनु स्वभाविक !

हाल नेपालमा भित्रिएका खोप लगाउने कि नलगाउने भन्नेबारेमा सरकारले लक्षित गरेका वर्गमध्ये स्वयं चिकित्सकहरुमा नै पनि अन्यौल र मतान्तर रहेको बुझिएको छ । चौथो चरणको ट्रायलकै क्रममा रहेको कोभिशिल्ड खोपको बारेमा शंका उब्जनु स्वाभाविक भएको सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । तर  अमेरिकाको फाइजर, मोर्डनाको  खोपसँगै, चीन को सिनिवाक र सिनोफार्म, रुसको स्पुतनिक भी, अस्ट्रेलिया, दक्षिण कोरिया  लगायतका देशले निर्माण गरेका अन्य खोपको   आपातकालीन  प्रयोग भइरहेको अवस्थामा र यी सबै खोप नै   चौंथो चरणको ट्रायल सम्पन्न नभएको हुनाले कोभिशिल्ड खोपका बारेमा भ्रम फैलाउन नहुने उनी बताउँछन् ।

डा. प्रभात अधिकारी

‘'करिब एक वर्षदेखि कोभिड नियन्त्रण र उपचारमा खटिएको छु,’ सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीले भने, ‘खोप उपलब्ध भएको खण्डमा म लगाउन तयार छु, त्यसैले शंका उपशंकाका आधारमा नै सत्य तथ्य  नबुझिकन बोल्न हुँदैन ।’

‘'करिब एक वर्षदेखि कोभिड नियन्त्रण र उपचारमा खटिएको छु,’ डा. अधिकारीले भने, ‘खोप उपलब्ध भएको खण्डमा म लगाउन तयार छु, त्यसैले शंका उपशंकाका आधारमा नै सत्य तथ्य  नबुझिकन बोल्न हुँदैन ।’

फ्रन्टलाइनमा कार्यररतहरुमध्ये पनि संक्रमित भएर निको भएका स्वास्थ्यकर्मीले एन्टिबडी जाँच गरेर मात्रै आवश्यकताका आधारमा  खोप लगाउनसमेत डा. अधिकारीको सुझाव छ । 

यस्तै कोभिशिल्ड खोप निर्माण गर्ने सिरम कम्पनीले खोप लगाएकै कारण मृत्यु र बिरामी भएको आधिकारिक जानकारी  सार्वजनिक गरी रहेको अवस्थामा  अनावश्यक रुपमा प्रभावकारिताको विषयमा बोल्न उपयुक्त नहुने डा.अधिकारी बताउँछन् । 

डाक्टर आर के चौधरी

 कोभिशिल्ड खोपको सुरक्षाका मापदण्डलाई अध्ययन गर्दा हालसम्म प्राप्त तथ्य  सकारात्मक पाइएको कान्तिबाल अस्पतालका पूर्व प्रमुख  तथा ईशान बाल एवं  महिला अस्पतालका निर्देशक डाक्टर आर के चौधरी बताउँछन् ।  हालसम्मका अवस्थामा यो सुरक्षित नै देखिएकोले संकटकालीन रुपमा  खोप प्रयोगको बारेमा धेरै चिन्तित हुनुपर्ने विषय नभएको उनको भनाइ छ । खोप व्यक्तिगत  रुपमा लगाउन पाउने भए वा आफ्नो पालो आएमा आफूले  निर्धक्क भएर लगाउन तयार रहेको समेत डा. चौधरीले बताए । 

कोरोनाभाइरसविरुद्ध खोप उत्पादन भएको छोटो समयमै नेपाल जस्तो अल्पविकसित राष्ट्रले खोप पाउनु उपलब्धि भएको कुरा स्वयं कतिपय स्वास्थ्यकर्मीहरुले बताइरहँदा केही स्वास्थ्यकर्मीले खोपको विषयमा शंका व्यक्त समेत गरेका छन् । यसै सन्दर्भमा कोरोनाका उपचार भइरहेका कतिपय अस्पतालका चिकित्सकहरु  खोप नलगाउने मनस्थितिमा पुगेको पनि बुझिएको छ ।  ट्रायलकै क्रममा रहेको कोभिशिल्ड खोपको अनुसन्धानको रिपोर्ट आउन बाँकी भएकाले पूर्ण रुपमा विश्वास पैदा नभएको निजी अस्पतालमा अग्रमोर्चामा रहेर कोरोना रोग उपचारमा खटिएका एकजना चिकित्सक बताउँछन् ।

‘यस खोपको पूर्ण रुपमा अध्ययन अनुसन्धान हुने क्रम जारी रहेकोले शकां उपशंका उत्पन्न हुनु स्वभाविक हो,’ उनी भन्छन्, ‘खोप लगाउनै पर्छ भनेर सरकारले बाध्य पार्न मिल्दैन र सक्दैन पनि, आफू विश्वस्त भइनसकेको अवस्थामा खोप लगाउने नलगाउने भन्ने कुरा व्यक्तिगत इच्छा हो ।’

औषधिले १०० प्रतिशत काम गर्छ वा प्रभावकारी हुन्छ, त्यसको कुनै पनि नकारात्मक असर हुँदै हुँदैन भनेर मेडिकल साइन्सले ग्यारेन्टी दिन सक्दैन । त्यसैले खोपको व्यवहारिक प्रयोगको बारेमा गहन अध्ययनसहितको रिपोर्ट प्राप्त नभइसकेको अवस्थामा यसको प्रभावकारीताको विषयमा बोल्न नसकिने ग्रान्डी अस्पतालका डाक्टर विनय रेग्मी बताउँछन् ।

औषधिले १०० प्रतिशत काम गर्छ वा प्रभावकारी हुन्छ, त्यसको कुनै पनि नकारात्मक असर हुँदै हुँदैन भनेर मेडिकल साइन्सले ग्यारेन्टी दिन सक्दैन । त्यसैले खोपको व्यवहारिक प्रयोगको बारेमा गहन अध्ययनसहितको रिपोर्ट प्राप्त नभइसकेको अवस्थामा यसको प्रभावकारीताको विषयमा बोल्न नसकिने ग्रान्डी अस्पतालका डाक्टर विनय रेग्मी बताउँछन् । ‘कुनै पनि औषधि तथा खोप प्रयोग गर्दा सामान्य खालका 'साइड इफेक्ट'  कसैकसैमा देखा परेका हुन्छन्,’ उनले भने, ‘विश्वमा अहिले कोरोनाविरुद्धको खोपको बारेमा चर्चा परिचर्चा बढी भएकाले, यसको सामान्य नकारात्मक प्रभाव देखिए पनि बढी नै चिन्ता, चासो र चर्चाको विषय बन्यो ।’ 

आपतकालीन अनुमति प्राप्त खोप विश्वका करिब ६ करोड मानिसले लगाइसकेको समेत उनले सुनाए ।

खोपका बारेमा उब्जिएको शंका उपशंकाका बारेमा कुरा गर्दै शुक्रराज सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ‘वर्तमान समयमा खोप राम्रो वा नराम्रो भन्ने आधार सृजना नभएको’ बताउँछन् ।

डाक्टर शेरबहादुर पुन

‘हाल खोपको आपातकालीन प्रयोग नै चौंथो चरणको ट्रायल भएकाले पक्ष र विपक्ष भएर धारणा राख्ने बेला नभएको’ डा. पुन बताउँछन् ।  अहिले सरकारले ल्याएको खोप र त्यसको प्रभावकारिताबारे यकीन साथ कसैले केही भन्न सक्दैन/मिल्दैन ।  डा. पुन ‘सरकारले पहिलो प्राथमिकतामा अग्रमोर्चामा खटिएकाहरुलाई पारेकाले आफू निर्धक्क भएर  खोप लगाउन तयार रहेको’ बताए  ।

सबैभन्दा बढी प्रयोग भएको खोप फाइजरको हो, त्यसपछि ऐस्ट्रेजेनेका र चिनिया खोपको नम्बर आउँछ। अहिले नै कुनै पनि खोपका बारे कुनै पनि टिप्पणी गर्ने समय नै भएको छैन। यस्तोमा कुनै एउटा सानो घटनालाई लिएर त्यस खोपका बारेमा नाना थरीको टिप्पणी हुनु  अतिरन्जित ढंगले त्यो प्रचारित / प्रसारित हुनु का पछाडि सम्बन्धित प्रतिस्पर्धी देश र कम्पनीको भूमिका हुने कुरालाई पनि वेवास्ता गर्न मिल्दैन।

ईमानदारीपूर्वक खोपबारे विश्लेषण गर्दा सबै खोपको अवस्था उस्तै उस्तै  हो।  यो राम्रो त्यो न राम्रो भन्ने समय नै भएको छैन। विश्वभरी भई रहेको आपातकालीन प्रयोग नै  खोपको चौथो चरणको  परीक्षण हो। अहिलेसम्म विभिन्न खोप संसारका झण्डै ६ करोड़ मानिसमा प्रयोग भई सकेका छन।  इजरायल जनसंख्याका आधारमा सबैभन्दा बढी जनसंख्या प्रतिशतलाई खोप लाउने देश बनेको छ। अमेरिकामा १ करोड ७५ लाख, चीनमा ५० लाख, बेलायतमा ६० लाख र छिमेकी भारतमा १० लाखभन्दा बढी मानिसलाई खोप अभियान अन्तर्गत पहिलो खुराकको खोप दिइसकिएको छ।यसमा सबैभन्दा बढी प्रयोग भएको खोप फाइजरको हो, त्यसपछि ऐस्ट्रेजेनेका र चिनिया खोपको नम्बर आउँछ। अहिले नै कुनै पनि खोपका बारे कुनै पनि टिप्पणी गर्ने समय नै भएको छैन। यस्तोमा कुनै एउटा सानो घटनालाई लिएर त्यस खोपका बारेमा नाना थरीको टिप्पणी हुनु  अतिरन्जित ढंगले त्यो प्रचारित / प्रसारित हुनु का पछाडि सम्बन्धित प्रतिस्पर्धी देश र कम्पनीको भूमिका हुने कुरालाई पनि वेवास्ता गर्न मिल्दैन। निश्चित के छ भने आउने २-३ वर्ष खोपकै व्यापार शीर्षमा रहने छ।  खरबौं खरब डलरको सम्भावित व्यापारबारे प्रतिस्पर्धीका बीच अनेकौं जालझेल र व्यापारिक खेल एवं गणित तथा राजनीति/ कूटनीतिको निर्वाध प्रयोग हुनुलाई पनि अस्वाभाविक भन्न मिल्दैन।

नोट –खोपका बारे थप जानकारी र डाटाका लागि आवरवर्ल्डइनडाटा ओआजीको वेभसाइटमा पनि पाउन सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.