बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उदय भट्टराईले ल्याए नयाँ गीत

शनिबार, १० माघ २०७७, १० : ०६
शनिबार, १० माघ २०७७

काठमाडौं । संगित सर्जक उदय भट्टराईले नयाँ लोक गीत बजारमा ल्याएका छन् । 

भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका हुन् । पुराना सर्जक मध्येका भट्टराईले लामो समय अन्तरालपछि सो गीत बजारमा ल्याएका हुन् । 

गीतमा गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द सिर्जना उदयले गरेका हुन् । 

यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् । 

‘किन माया लाउछ’ बोलको म्युजिक भिडीयोमा प्रेमी–प्रेमिकाको सम्बन्धमा जातिय समस्या तगारो बनेको बियोगान्त भाव पाइन्छ । भिडीयोमा ओबि रायमाझी, रोशनी कार्की र इश्वर बिकको अभिनय रहेको छ । 

बिनोद भण्डारीले निर्देशन गरेको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन् । भट्टराई पछिल्लो समय अमेरिकामा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप