शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिभावकलाई आग्रह !

शनिबार, १० माघ २०७७, १२ : ०३
शनिबार, १० माघ २०७७

-तोयनाथ भट्टराई 

बाटो बिराएका अभिभावक महोदय !
तिमीलाई धूमपान गर्ने आदत रहेछ 
सके त्यो कुलत छोड, सक्तैनौ भने  
सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ  !

तिमी मापसे र लापसेको सिकार भएका रहेछौ 
सकेसम्म कोसिस गर त्यो कुलतबाट मुक्त होऊ 
मुक्त नहुन्जेल आजैका मितिदेखि 
नशाको प्रभावमा पत्नी र सन्तानलाई यातना नदेऊ ! 
 
बालकहरु अन्जान हुन्छन्,
गल्ती कुरा सिकाएर जिन्दगी नबिगारी देऊ !
राम्ररी खुट्टा टेक्न नजान्दै 
रेलिङबिनाको बार्दलीमा पुर्‍याएर त्यसै नछोडिदेऊ !

तिमीलाई वनभोज जान मन लाग्यो भन्दैमा 
बालकलाई पोखरीमा एक्लै खेल्न नछोडिदेऊ !
तिमी साँच्चै अभिभावक हौ भने 
आफ्नोभन्दा बढी सन्तानको भविष्य सोचिदेऊ !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप