बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् कलेजो बिग्रिएको संकेत, कसरी बच्ने ?

शनिबार, १० माघ २०७७, १४ : ३२
शनिबार, १० माघ २०७७

एजेन्सी । कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् । 

लामो समयसम्म कलेजोमा समस्या आउँदा कलेजोमा सिरोसिस हुने खतरा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि गम्भीर लक्षणहरु देखिने गर्छ । भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा गम्भीर प्रकारको पीडा महसुस हुने लक्षणहरु कलेजो बिग्रिएको संकेत हुनसक्छ । 

विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने समस्या आउनु चेतावनीको संकेत हुन सक्छ । 

जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ । 

नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप समस्या आउनबाट जोगाउँन सकिन्छ । त्यसैगरी, मद्यपान तथा धुम्रपानको सेवन गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप