
फिल्म ‘सत्यम्’को थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भएको छ । पोस्टरमा हमालले महानायक लेख्दै गरेको स्केच फोटो राखिएको छ ।
शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको अलवा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । शाहीको भुमिको फिल्ममा भिलेनको रहेको निर्देशक कार्कीले बताए । पल शाह र उपासना सिंह ठकुरीको समेत अभिनय रहने बताइएको फिल्म रेशम सापकोटाले निर्माण गर्न लागेका हुन् ।
फिल्मको बाँकी कलाकार अडिसनबाट छान्ने तयारीमा निर्माण युनिट जुटेको छ । अडिसन काठमाडौँमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।
‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् । फिल्मको एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् ।
कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलले संगीत रहने फिल्ममा बिदुर पाण्डेको छायाँकन, अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ